• २०८१ बैशाख ७ शुक्रबार

प्रिमियर लिगमा यी तीन क्लब रेलिगेसनमा परे 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत यस सिजनमा रेलेगेसनमा पर्ने टिमको टुंगो लागेको छ । 

गएराती भएको खेलमा चेल्सीसँग १-१ गोलको बराबरी खेलेर रेलिगेसन जोनबाट हडर्सफिल्ड बाहिर आएपछि स्वान्सी सिटी रेलिगेसनमा पर्ने तेस्रो टिम बनेको हो ।

यस सिजनमा स्वान्सीसँगै वेस्टब्रोमविच र स्टोक सिटी रेलिगेसनमा परेका छन् । लिगमा ३७ खेल खेलेको स्वान्सी सिटीको ३३ अंक छ भने वेस्टब्रोमविचको ३७ खेलमा ३१ र स्टोकको ३७ खेलमा ३० अंक रहेको छ । 

प्रिमियर लिगमा यस सिजनमा गत बर्ष लिगमा प्रमोट भएका तिनवटै क्लब रेलिगेसनबाट जोगिएका छन् ।  यस सिजनमा न्युक्यासल युनाइटेड, ब्राइटन र हडर्सफिल्ड २०१६-१७ को च्याम्पियनसिपमा प्रमोट भएर प्रिमियर लिगमा आएका थिए भने उनीहरु तिनै क्लबले नै यस सिजनमा प्रिमियर लिगमा आफ्नो स्थान सुरक्षित गरेका छन् । 

प्रमोट भएका तिनै क्लबले आफ्नो अर्को सिजन सुरक्षित गरेको प्रिमियर लिगको इतिहासमा यो तेस्रो पटक हो । यसअघि सन २००१-०२ र २०११-१२ मा पनि प्रमोट भएका तिनै क्लबले अर्को सिजनमा आफुलाई सुरक्षित गर्न सफल भएका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै