रामोस भिलेन बनेपछि रियल म्याड्रिड हार्यो 

खरीबोट

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड पराजित भएको छ । 

गएराती भएको खेलमा रियल सेभिलासँग ३-२ गोल अन्तरले पराजित भएको हो । सेभिलाविरूद्धको खेलमा रियलका कप्तान सर्जियो रामोस भिलेन बनेका छन् । रामोसले एक पेनाल्टी मिस गरे भने एक गोल आत्मघाती गरेका थिए ।

सुरु देखि नै दबाबमा रहेको रियल म्याड्रिडले २-० ले पछि रहेको अवस्थामा खेलको ८७ र इन्जुरी समयमा गोल फर्काएको थियो । खेलको ५८औ मिनेटमा रामोसले पेनाल्टी मिस गरेका थिए भने खेलको ८३औ मिनेटमा आत्मघाती गोल गर्दै सेभिलाको अग्रता ३-० बनाइदिएका थिए । खेलको ८७औ मिनेटमा रियलका बोर्जा मेयरलले गोल गर्दै रियलको खाता खोलेका थिए भने रामोसले इन्जुरी समयमा गोल गर्दै रियलको गोल २ पुर्याएका थिए ।

आफ्ना स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो एल क्लासिकोमा इन्जुरीका कारण नखेलेको यस खेलमा ग्यारेथ बेल पनि खेलेका थिएनन् । त्यस्तै यस खेलका लागि म्यानेजर जिनेदिन जिदानले ७ परिवर्तन गरेका थिए जसमा रोनाल्डो र बेलका अलवा टोनी क्रुज, लुका मोद्रिचलगायतका खेलाडी खेलेका थिएनन् ।

सेभिलाका लागि बेन एडडर र लयुनले गोल गरेका थिए । रियलको यो हार पछि एथलेटिकोलाई उछिनेर ला लिगामा दोस्रो स्थानमा उक्लिने मौका रियलले गुमाएको छ । 

यस सिजनमा ३६ खेलमा रियलको यो छैठौ हार हो भने लिगमा २१ खेल जितेको छ भने ९ खेल बराबरी गरेको छ । रियलको ३६ खेलमा ७२ अंक रहेको छ । त्यस्तै सेभिला भने ३६ खेलमा ५४ अंक सहित लिगको सातौ स्थानमा रहेको छ । 
 

सम्बन्धित समाचार

नेपालसहित ८ देशमा ला लिगाका खेल प्रत्यक्ष प्रशारण फेसबुकमा मात्र हुने  

काठमाडौं । स्पेनिस ला लिगाको यस सिजनसहित आगामी तीन सिजनका खेल नेपाली दर्शकले टेलिभिजनमा हेर्न नपाउने भएका छन्। टेलिभिजनमा नभई अब ला लिगाका खेल फेसबुकमा हेर्न पाइने भएको हो।    फेसबुकले

रियल म्याड्रिडका फ्यानले भने रोनाल्डोको ठाउमा ह्यारी केनलाई ल्याउ !

काठमाडौँ  । क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेपछि रियलका फ्यानले रोनाल्डोको ठाउमा विश्वकपमा गोल्डेन बुट विजेता ह्यारी केनलाई ल्याउनु पर्ने धारणा व्यक्त गरेका छन्।   स्पेनिस मिडिया मार्काले गरेको एक सर्वेक्षणमा रियलका

ब्राजिलका 'नयाँ नेइमार' भिनिसीयस जुनियरलाई रियल म्याड्रिडले भित्र्यायो 

काठमाडौँ । स्पेनिस क्लब रियल म्याड्रिडले ब्राजिलका युवा सेन्सेसनल भिनिसीयस जुनियरलाई भित्राएको छ । १८ बर्षिय भिनिसीयसलाई ब्राजिलका ‘नयाँ नेइमार’को रुपमा हेरिएको छ । रियल म्याड्रिडले उनीसँग गतबर्ष नै ४५ मिलियन

स्पेनभन्दा कम कर तिर्नुपर्ने कारणले रोनाल्डो इटाली गए - ला लिगा प्रमुख

काठमाडौँ । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले रियल म्याड्रिड छोडेर इटाली जानुमा धेरै आश्चर्यमा परेका छन् । रोनाल्डो इटाली जानुको प्रमुख कारण स्पेनको करको नियम रहेको ला लिगाका प्रमुख जाभियर टेबासले