• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोना सिजनमा अपराजित रेकर्ड राख्न दुई खेल टाढा, भिल्लारियलविरुद्ध डेम्बेलेले गरे २ गोल

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाको अपराजित यात्रा जारी रहेको छ । 

गएराती भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५-१ गोल अन्तरले पराजित गर्दै यस सिजनमा अहिलसम्म अपराजित रहेको छ । बार्सिलोना पुरै सिजनमा अपराजित हुने रेकर्ड राख्न अब दुई खेल टाढा रहेको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको सो खेलमा बार्सिलोनाका लागि ओउसमन डेम्बेलेले २ गोल गरेका थिए भने फिलिप कोन्टिन्हो, लियोनेल मेसी र पउलिन्होले एक-एक गोल गरेका थिए । भिल्लारियलका लागि एक मात्र गोल निकोला सानसनले गरेका थिए ।

कोन्टिन्होले पछिल्ला आफ्ना ४ खेलमा ३ गोल बार्सिलोनामा आफ्नो गतिलो सुरुवात गरेका छन् भने बार्सिलोनाबाट अब यस सिजन पछि बिदा लिन लागेका आन्द्रे इनेस्टाले मेसीको गोल असिस्ट गरेका थिए भने ६१औ मिनेटमा लुइस स्वरेजसँग रिप्लेस हुन्अघि उनलाई दर्शकले उठेर बिदाइ गरेका थिए ।

यस खेलमा जित भएसँगै बार्सिलोना ला लिगामा ४३ खेलमा अपराजित हुदै यस सिजनमा खेलेका ला लिगाका पुरै खेलमा अपराजित बनेको छ । गत बर्षको अप्रिलदेखि खेलेका ला लिगाका खेलमा बार्सिलोना अपराजित हुदै आएको छ । यस सिजनमा खेलेका ३६ खेलमा बार्सिलोना २७ खेलमा जित हासिल गरेको छ भने ९ खेलमा बराबरीमा रोकिएको छ ।

खेल सुरु हुनुअघि भिल्ला रियलका खेलाडीले यस सिजनको ला लिगा जितेको बार्सिलोनाका खेलाडीलाई गार्ड अफ अनर दिएका थिए । 

लिगमा बार्सिलोनाले अब दुई खेल खेल्न बाँकी छ । बार्सिलोनाले आगामी मे १४ मा लेभान्टेसँग खेल्ने छ भने मे २१ मा रियल सोसियाडाडसँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै