• २०८१ बैशाख ४ मंगलबार

दमक गोल्डकप : उपाधिका लागि मनाङ र पुलिस भिड्ने

kharibot

दमक । झापाको दमकमा जारी दमक गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि मनाङ मस्र्याङ्दी क्लब र नेपाल पुलिस भिड्ने भएका छन् । 

आज सम्पन्न अन्तिम सेमिफाइनल खेलमा मनाङले त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ५–४ ले पराजित गरेपछि फाइनलको यात्रा पक्का गरेको हो । 

खेलको ३० औँ मिनेटमा पहिलो गोल आर्मीका लागि टंक बस्नेतले गेरे पनि ४७ औं मिनेटमा मनाङका दीपक राईले गोल गर्दै खेल बराबरीमा पु¥याएका थिए । त्यपछि खेलमा दुवैपक्षबाट गोल हुन सकेन र खेल निर्धारित समय १–१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा गएको थियो ।

टाइब्रेकरमा मनाङका सुजल श्रेष्ठ, विमल बस्नेत, कमल श्रेष्ठ, अन्जन विष्ट र हेमन गुरुङले गोल गरे भने आर्मीका लागि भरत खवास, जर्जप्रिन्स कार्की, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए । पेनाल्टीमा आर्मीका दीपक गुरुङले गोल गर्न सकेनन् । 

उपाधि भिडन्त आउँदो शुक्रबार हुँदैछ । यसअघि मंगलबार पहिलो सेमिफाइनल खेलमा शसस्त्र प्रहरीलाई हराउँदै पुलिस फाइनलमा प्रवेश गरेको थियो । 

गोल्डकपको विजेताले रु रु १३ लाख ११ हजार तथा उपविजेताले रु छ लाख ११ हजार प्राप्त गर्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै