• २०८१ बैशाख १४ शुक्रबार

नेपाल मेडिसिटी अस्पतालमा गुणस्तरीय सेवाकालागि नर्सहरुको सम्मेलन

kharibot

ललितपुर ।  गुणस्तरीय स्वास्थ्य सेवामा नर्सहरुलाई शशक्तिकरण गर्ने सम्बन्धमानेपाल मेडिसिटी अस्पतालमा विभिन्न अस्पतालहरुमा कार्यरत करिब १ सयजना नर्सहरुको सहभागितामा एक वृहद् सिम्पोजियमको आयोजना गरियो ।  

अन्तर्राष्ट्रिय नर्सेस दिवसको उपलक्ष्यमा नेपाल मेडिसिटी अस्पतालमा साताव्यापी कार्यक्रमहरुको आयोजना गरिएको छ । 

बुधबार आयोजित सिम्पोजियममा नेपालस्थित अमेरिकन दुताबासकी नर्स क्यारी सेनगलम्यानले सेफ नर्सिङ प्राक्टिस एण्ड पेसेन्ट केयर विषयमा प्रस्तुति दिएकी थिइन् । 

त्यसैगरी वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साईकियाटटिक नर्सिङ  विभागकी प्रमुख प्राध्यापक समी लामाले नर्सहरुको कम्युनिकेशन सीपका बारेमा जानकारी प्रदान गरेकी थिइन् । 

साथै अमेरिकन दुताबासकै नर्स फ्रान्कोइस पाहुलले विशिष्ट नर्सिङ सेवाका लागि उदाहरणीय पेशागत कार्यका सम्बन्धमा छलफल गरेकी थिइन् । 

त्यसैगरी नर्स लिंक अमेरिकाकी शर्ली इभान्सले नर्सिङ सेवामा अन्तर्राष्ट्रिय मापदण्डका सम्बन्धमा जानकारी गराएकी थिइन् । 

नर्सिङ सेवाका सम्बन्धमा चिकित्सकको धारणाका बारेमा नेपाल मेडिसिटी अस्पतालका आई.सि.यु. कोअर्डिनेटर डा.दिप्तेश अर्यालले तथा आम पव्लिकको अपेक्षाका लागि वरिष्ठ संचारकर्मी प्रभात रिमालले छलफल गरेका थिए । 

कार्यक्रमको प्रमुख अतिथि नेपाल नर्सिङ संघका अध्यक्ष प्रा.तारा पोखरेल गरेकी थिइन् भने उनले नर्सिध्र पेशागत् शशक्तिकरणका बारेमा जानकारी गराएकी थिइन् । 

नेपाल मेडिसिटी अस्पतालले साता व्यापी कार्यक्रमहरुको आयोजना गरी प्रभावकारी हातधुने तरीका सम्बन्धी नृत्य, अन्तर अस्पताल हाजिरी जवाफ कार्यक्रम, सिम्पोजियम, वाकाथनलगायतका कार्यक्रमहरुको आयोजना गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै