• २०८१ बैशाख ८ शनिबार

कृषि विकास बैंकद्धारा विद्यालयलाई कम्प्युटर लगायतका सामग्री सहयोग 

kharibot

कृषि विकास बैंकले तेह्रथुमको एक विद्यालयलाई कम्प्यूटर, प्रिन्टर, सोलर प्यानल उपलब्ध गराएको छ । 

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकको उप–शाखा कार्यालय चुहानडांडाको आयोजनामा तेह्रथुम अवस्थित हसंवाहिनी आधारभुत विद्यालयलाई सो सामाग्री हतानान्तरण गरेको हो । 

बैंकका प्रमुख कार्यकारी अधिकृत तथा उक्त कार्यक्रमका प्रमुख अतिथी लिला प्रकाश सिटौलाले तेह्रथुम अवस्थित हसंवाहिनी आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण वहादुर तामाङ्ग तथा विद्यालयका प्रधानाध्यापक तुलसीराम वासंकोटालाई स सामाग्री हस्तान्तरण गरेका हुन्  । 

उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत सिटौलाले कृषि विकास बैंकद्धारा संचालित कार्यक्रमहरु केबल नाफाका लागि मात्र नभएर लोक कल्याणकारी कार्यका लागि पनि बैंकले त्यतिकै महत्व राखी आफ्ना कार्यक्रमहरु संचालन गर्दै आएको छ र भविष्यमा पनि यस्ता कार्यक्रमहरुलाई अझ बढी महत्वका साथ निरन्तरता दिने बताए । 

विशेष अतिथीको रुपमा कृषि विकास बैंकका क्षेत्रीय कार्यालयका निर्देशक चुडामणी तिम्सेनाले बैंकले सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रमलाई उच्च प्रथामिकता  दिंदै आएको तथा बैंकले उपलव्ध गराउंदै आएका नयाँ आधुनीक बैंकिङ्ग सुविधाका सम्बन्धमा समेत प्रकाशित पारेका थिए । 

उक्त कार्यक्रममा स्थानीय महिला दिदी बहिनी तथा दाजुभाईहरु सहित कृषि विकास बैंक लि. मुख्य कार्यालयका शाखा अधिकृत राजेन्द्र पराजुली लगायत क्षेत्रीय कार्यालय विराटनगरका कर्मचारीहरुको  समेतको सहभागिता रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै