• २०८१ बैशाख ७ शुक्रबार

पुटिन र ट्रम्पलाई उछिन्दै सि जिनपिङ बने विश्वकै शक्तिशाली, मोदी पनि नवौँ स्थानमा  

kharibot

काठमाडौं । चर्चित पत्रिका फोब्र्सले सन् २०१८ को विश्वकै शक्तिशाली मानिसहरुको सूची प्रकाशन गरेको छ । फोब्र्सले सार्वजनिक सूचीको पहिलो नम्बरमा पहिलोपटक चीनका राष्ट्रपति सि जिनपिङ पहिलो नम्बरमा पर्न सफल भएका छन् । उनले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पछाडि पारेका हुन् । 

यसै वर्ष सत्ताशासनको समयावधि असीमित शक्ति लिन सफल भएका कारण सि पहिलो नम्बरमा परेका हुन् । यस्तै दुई दिनअघि मात्रै पुनः राष्ट्रपतिको शपथ लिएका रसियाली राष्ट्रपति पुटिन दोस्रो नम्बरमा परेका छन् । पुटिनले सन् २००० देखि सत्ता थामिरहेका छन् । यो उनको चौँथो कार्यकाल हो । 

यस्तै विश्वलाई चकित बनाउँदै २०१६ मा राष्ट्रपतिको चुनाव जितेका व्यापारी पृष्ठभूमिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एक वर्षको अवधिमा तेस्रो नम्बरमा धकेलिएका छन् । उनको विजयप्रति शंका गर्दै विभिन्न अभियोग लगाइएका कारण उनले त्यति खुलेर काम गर्न पाएका छैनन् । यति हुनुका बाबजदु राष्ट्रपति ट्रम्प विश्वकै ठूलो अर्थतन्त्र र सैन्य शक्तिका कमान्डर हुन् । 

यस्तै चौँथो नम्बरमा शक्तिशाली महिला जर्मन चान्सलर एन्जेला मर्केल परेकी छिन् भने पाँचौँ नम्बरमा परेका छन् अमेजनका मालिक जेफ बेजोज । त्यसैगरी, छैटौँमा पोप फ्रान्सिस, सातौँमा बिल गेट्स, आठौँमा साउदीका राजकुमार महम्मद बिन सलमान अल साउद, नवौँमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दशौँमा गुगलका ल्यारी पेज परेका छन् । 

यसपटक १७ जना शक्तिशाली सूचीमा नयाँ नाम अटाएको जनाइएको छ । यसपटकको शक्तिशाली सूचीमा अमेरिकी राष्ट्रपति ट्रम्पको क्याम्पेन र रसियाबीचको लुकेको सम्बन्ध अनुसन्धान गर्ने रोबर्ट म्युलर, दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनलगायतका अनुहार पनि अटाएका छन् । 

यी हुन् विश्वका शक्तिशाली मानिसहरु (सबै नाम हेर्न यहाँ क्लिक गर्नुहोस्)  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै