• २०८१ बैशाख ६ बिहीबार

पिएसजीले जित्यो लगातार चौथो पटक कोपा डे फ्रान्सको उपाधि 

kharibot

काठमाडौँ । फ्रेन्च लिग वान क्लब पिएसजीले लगातार चौथो पटक कोपा डे फ्रान्सको उपाधि जितेको छ ।

गएराती भएको फाइनलमा पिएसजीले लेस हरबियर्सलाई २-० गोल अन्तरले पराजित गर्दै लगातार चौथो पटक घरेलु कोपा डे फ्रान्सको उपाधि जितेको हो ।

पीएसजिको जितमा खेलको २६औ मिनेटमा गिओभानी को केल्सोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ७४औ मिनेटमा एडीसन कभानीले पेनाल्टीबाट गोल गर्दै २-० को अग्रता दिलाउदै पिएसजिलाई जित दिलाएका थिए ।

पछिल्लो केहि महिनादेखि इन्जुरीका कारण मैदान बाहिर रहेका नेइमार पनि स्टेडियममा पुगेर खेल हेरेका थिए । 

यो जितसँगै पिएसजीले सन २०१५, २०१६, २०१७ र २०१८ गरि लगातार चौथो पटक कोपा डे फ्रान्सको उपाधि जितेको छ । पिसजीले अहिलेसम्म कोपा डे फ्रान को उपाधि १२औ पटक जितेको छ ।

फ्रान्सको लिग वानको यस सिजनको उपाधि समेत जितिसकेको पिएसजी च्याम्पियन्स लिगमा अन्तिम १६ को खेलमा रियल म्याड्रिडसँग पराजित भएर बाहिरिएको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै