• २०८१ बैशाख १३ बिहीबार

‘एक परिवार एक रोजगार’ को नीतिलाई कार्यान्वयन गरिन्छ – मन्त्री विष्ट

kharibot

फाइल तस्बिर ।

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसंग नेपालस्थित संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि भालेरी जुलियान्डले शिष्टाचार भेट गरे । 

मन्त्रालयमा आज भएको उक्त भेटका अवसरमा नेपालको श्रम तथा रोजगारी क्षेत्र सुधारका लागि संयुक्त राष्ट्रसंघ मातहतका निकायमार्फत परिचालन हुनसक्ने सहयोग र सहकार्यका विभिन्न विषयका बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ । 

उक्त अवसरमा मन्त्री विष्टले संविधानले परिकल्पना गरेको समतामूलक आर्थिक समृद्धिको उद्देश्य प्राप्तिका लागि श्रम तथा रोजगार क्षेत्रका हरेक चुुनौतीको सामना गर्न सरकार प्रतिबद्ध रहेको छ भने । 

‘एक परिवार एक रोजगार’ को नीतिलाई सरकारले प्रभावकारी रुपमा कार्यान्वयन गर्ने गरी आवश्यक तयारी गरिरहेको बताउँदै उनले रोजगारीका अवसर सिर्जना गर्न र श्रमिकको श्रमको उचित पारिश्रमिक सुनिश्चित गर्न उत्पादन प्रणालीमा नै सुधार गर्नुपर्ने आवश्यकता औल्याए । 

मन्त्री विष्टले आगामी दिनमा श्रम र श्रमिककोे सम्मान जगाउने गरी बृहत अभियान गर्ने गृहकार्यमा सरकार लागेको जानकारी दिए । 

उक्त अवसरमा मन्त्रालयको तर्फबाट गरिने सुधार प्रयासमा संयुक्त राष्ट्र संघ अन्र्तगतका निकायको निरन्तर सहयोग र सहकार्य रहने कुरा संयुक्त राष्ट्र संघका आवासीय प्रतिनिधि जुलियान्डले व्यक्त गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै