• २०८१ बैशाख ७ शुक्रबार

ट्रम्पसँग भेट नजिकिँदै गर्दा पुनः चीन पुगे उत्तर कोरियाली राष्ट्रपति किम जोंग उन 

kharibot

काठमाडौं । उत्तर कोरियाली नेता किम जोंग उनले दोस्रोपटक चिनियाँ राष्ट्रपति सि जिनपिंगसँग भेटवार्ता गरेका छन् । चिनियाँ तथा अमेरिकी सञ्चारमाध्यमले यसको पुष्टि गरेका हुन् । 

उत्तरपूर्वी चिनियाँ सहर डालियनमा सोमबार र मंगलबार दुई राष्ट्रपतिबीच भेट वार्ता भएको हो । गत मार्चको अन्त्यतिर पनि दुई राष्ट्रपतिबीच चिनियाँ राजधानी बेइजिंगमा भेटवार्ता भएको थियो । 

सो भेट सन् २०११ यता सत्तामा आएपछिको नै किमको पहिलो अन्तर्राष्ट्रिय भेटवार्ता थियो । गत अप्रिलको अन्त्यतिर दक्षिण कोरियाली समकक्षी मुन जाए इनसँग किमले भेटेका थिए भने अबको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबीच पनि टेबल वार्ता हुँदै छ । मेको अन्त्यतिर वा जुनको पहिलो हप्ता दुई तथाकथित शत्रुराष्ट्रका राष्ट्रपतिबीच भेटवार्ता हुनलागेको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटअघि चिनियाँ राष्ट्रपतिलाई लगातारजसो उनले भेटिरहनुलाई अर्थपूर्ण मानिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै