• २०८१ बैशाख ८ शनिबार

श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दा, अनुसन्धानका लागि १० दिनको म्याद 

kharibot

काठमाण्डौ । हिन्दु धर्मगुरु आचार्य श्रीनिवासलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले १० दिनको म्याद दिएको छ ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गर्न म्याद लिएको हो ।

जिल्ला प्रशासन कार्यालयले हेर्ने सो मुद्दामा आरोप प्रमाणित भएमा १ बर्ष कैद १ लाख रुपैयाँ जरिवाना या दुबै सजाय हुने कानुनी व्यवस्था रहेको छ । उनको मुद्दा मोरङ जिल्ला प्रशासनले हेरेको छ ।

धर्म गुरु आचार्यलाई सोमबार काठमाडौस्थित त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट पक्राउ गरी विराटनगर लगिएको थियो । उनी भारतको नयाँ दिल्ली जाने तयारीमा रहेका थिए ।

गोली काण्डमा प्रक्राउ परेका माधव चौधरी र लक्ष्मीराज अधिकारीलाई भने ज्यान मार्ने उद्योग मुद्दामा चलाइएको छ । चौधरी आचार्यका अंगरक्षक हुन् र उनले नै गोली हानेका थिए भने अधिकारीले हतियार व्यवस्थापन गरेका थिए ।

हिन्दु राज्यको माग गर्दै गरेको आन्दोलन सफल नभएपछि आचार्यले धार्मिक हिंसा भड्काउन र हिन्दूवादीहरुलाई आन्दोलनका लागि उक्साउन आफूलाई गोली हान्ने योजना बनाएका थिए ।

आचार्यको योजनाअनुसार आफूले गोली हानेको बयान चौधरीले दिएका छन् ।

गत चैत २५ गते विराटनगरको जतुवामा बिहान २ बजेतिर शौच गर्न निस्किएका बेला उनीमाथि गोली प्रहार भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै