• २०८१ बैशाख ६ बिहीबार

राष्ट्रिय सभामा माओवादी केन्द्रको संसदीय दलको नेतामा दीनानाथ शर्मा

kharibot

काठमाडौँ । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको संसदीय दलको नेतामा दीनानाथ शर्मालाई चयन गरेको छ ।

यसअघि राष्ट्रिय सभाको अध्यक्षको दाबेदार रहेका शर्मा प्रदेश नम्बर ४ बाट राष्ट्रिय सभामा निर्वाचित भएका हुन् ।

तर, एमालेसँगको भागबन्डामा माओवादी केन्द्रले प्रतिनिधिसभाको सभामुख पाएपछि राष्ट्रिय सभा अध्यक्ष एमालेको भागमा परेको थियो।

आज बसेको संसदीय दलको बैठकले माओवादीले दलको विधान अनुमोदन गर्दै शर्मालाई चयन गर्ने निर्णय गरेको माओवादी केन्द्रको प्रतिनिधिसभाका सचेतक देव गुरुङले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै