• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथ विकास बैंकको ७७औ शाखा धनुषाको जनकपुरमा

kharibot

जनकपुर । मुक्तिनाथ विकास बैंक लि.ले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा आफ्नो ७७ औं शाखा विस्तार गरेको छ । 

नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख नरेश शाक्यले उक्त शाखा कार्यालयको सोमबार समुद्घाटन गरेका छन् । 

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पुर्याउँदै ग्राहक मैत्री  सेवा सुविधा प्रदान गर्ने कुरामा विश्वस्त रहेको बताए ।

कार्यक्रममा विशेष अतिथिको रुपमा रहेका प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य राम आशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिंदै यसको समावेशी वित्तीय मोडल नेपाल कै नमूनाको रुपमा रहेको बताए । 

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । 

कार्यक्रमका सभापति एवं बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउदै बैंकले आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराएका थिए । 

यस विकास बैंकले लिएको समावेशी वित्तीय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै