काठमाडौँ । विश्व फुटबलका एक दशकभन्दा बढी समय देखिका ठुला प्रतिद्वन्दी लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डोले गए रातिको एल क्लासिकोमा आ-आफ्नो टिमका लागि एक एक गोल गरे ।
पहिलो हाफको खेलपछि इन्जुरीका कारण रोनाल्डो दोस्रो हाफमा मैदानमा नै आएनन भने मेसी भने पुरा समय खेलेका थिए । गएराती दुवैले एक एक गोल गरेपछि स्पेनमा आ-आफ्ना क्लबका लागि दुवैको गरि गोल संख्या एक हजार पुगेको छ ।
विश्व फुटबलमा लामो समय देखिका प्रतिद्वन्दीको रुपमा चित्रणहुने यी दुई खेलाडीको गएरातीको गोलबाट एक नयाँ रेकर्ड बनेको छ ।
मेसीले बार्सिलोनाका लागि अहिलेसम्म ६३५ खेल खेल्दै ५५१ गोल गरेका छन् भने रोनाल्डोले ४३६ खेल खेल्दै कुल ४४९ गोल गरेका छन् । दुवैले स्पेनमा कुल एक हजार गोल गरेको यो नयाँ रेकर्ड बनेको छ ।
मेसीले ला लिगामा कुल ४१६ खेलमा ३८२ गोल गरेका छन् भने च्याम्पियन्स लिगमा १२६ खेलमा सय गोल गरेका छन् । त्यस्तै कोपामा मेसीले ६८ खेलमा ४८ गोल गरेका छन् भने अन्य २६ खेलमा मेसीले २१ गोल गर्दै कुल ५५१ गोल गरेका छन् ।
त्यस्तै रोनाल्डोले रियल म्यदरी का लागि ला लिगामा २९१ खेलमा ३१० गोल गरेका छन् । त्यस्तै च्याम्पियन्स लिगमा सय खेलमा १०५ गोल गरेका छन् भने अन्य ४५ खेलमा ३४ गोल गर्दै कुल ४३६ खेलम ४४९ गोल गरेका छन् ।
दुई ठुला प्रतिद्वन्दी गोल मेशिनको यो सुखद र राम्रो रेकर्ड बनेको छ ।