• २०८१ बैशाख १३ बिहीबार

असिनापानीले २० करोडको केराखेती सखाप

kharibot

फाइल तस्विर।

रत्ननगर । हावाहुरी र असिनापानीका कारण पूर्वी चितवनको विभिन्न क्षेत्रमा रु २० करोडभन्दा बढीको केराखेती सखाप भएको छ । 

चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तका अनुसार आइतबार साँझ आएको हावाहुरी र असिनापानीका कारण अहिलेसम्मकै बढी केराखेती क्षति भएको छ । पदमपुर, चैनपुर र पिठ्वामा बढीजसो केराखेती नष्ट भएको छ । 

पन्तको १८ बिगाहामा लगाएको केराखेती पूरै नष्ट भएको छ । उहाँले क्षतिको विवरण संकलन भइरहेको बताउनुभयो । कालिका– २ र ३ मा तथा भरतपुरको ठिमुरामा पनि केराखेती नष्ट भएको छ । 

“नयाँ लगाएको बिरुवाबाहेक अरु फलेका केरा सबै ढलेर नष्ट भएको छ,” उहाँले भन्नुभयो । यसअघि पनि पटक पटक केरा व्यवसायीले ठूलो क्षति व्यहोरेका थिए । अधिकांशले केराखेतीको बिमा नगर्दा ठूलो नोक्सानी भएको छ । 

चितवनमा केराखेतीमा ६०० भन्दा बढी किसान संलग्न छन् । उनीहरुमध्ये १६५ किसानले मात्रै बिमा गराएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै