काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले लिभरपुलविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ ।
गएराती भएको खेलमा चेल्सीले ओलिभर जिराउडको एक मात्र गोलको मद्धतले लिभरपुललाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवित राखेको छ ।
आफ्नो खेरालु मैदानमा भएको खेलमा खेलको ३२औ मिनेटमा जिराउडले हेड मार्फत गोल गर्दै खेलको एक मात्र गोल गरेका थिए । जिराउडले सन २०१५/१६ देखि यता हेड मार्फत १७ गोल गरेका छन् ।
जितपछि चेल्सीको ३६ खेलमा ६९ अंकसहित लिगको पाचौ स्थानामा रहेको छ । त्यस्तै टोटनह्याम ३६ खेलमा ७२ अंक सहित चौथो र लिभरपुल ३७ खेल खेलेर ७५ अंक सहित तेस्रो स्थानमा रहेको छ ।
प्रिमियर लिगबाट शिर्ष तीन स्थानमा रहेका टिम च्याम्पियन्स लिगमा छनौट हुन्छन भने चौथो हुने टिमले क्वालिफायर खेल खेल्नुपर्ने हुन्छ ।
चेल्सीका लागि लिगमा अब खेल्न बाँकि दुवै खेल जिते च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना जिवितै देखिएको छ ।
चेल्सी अब प्रिमियर लिगमा हडर्सफिल्ड र न्युक्यासलसँग खेल्न बाँकी रहेको छ ।