लिभरपुललाई हराउदै चेल्सीको च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवितै 

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिगमा चेल्सीले लिभरपुलविरुद्ध महत्वपूर्ण जित हासिल गरेको छ । 

गएराती भएको खेलमा चेल्सीले ओलिभर जिराउडको एक मात्र गोलको मद्धतले लिभरपुललाई १-० ले पराजित गर्दै च्याम्पियन्स लिगमा छनौट हुने आशा जीवित राखेको छ ।

आफ्नो खेरालु मैदानमा भएको खेलमा खेलको ३२औ मिनेटमा जिराउडले हेड मार्फत गोल गर्दै खेलको एक मात्र गोल गरेका थिए । जिराउडले सन २०१५/१६ देखि यता हेड मार्फत १७ गोल गरेका छन् । 

जितपछि चेल्सीको ३६ खेलमा ६९ अंकसहित लिगको पाचौ स्थानामा रहेको छ । त्यस्तै टोटनह्याम ३६ खेलमा ७२ अंक सहित चौथो र लिभरपुल ३७ खेल खेलेर ७५ अंक सहित तेस्रो स्थानमा रहेको छ ।

प्रिमियर लिगबाट शिर्ष तीन स्थानमा रहेका टिम च्याम्पियन्स लिगमा छनौट हुन्छन भने चौथो हुने टिमले क्वालिफायर खेल खेल्नुपर्ने हुन्छ ।

चेल्सीका लागि लिगमा अब खेल्न बाँकि दुवै खेल जिते च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना जिवितै देखिएको छ ।

चेल्सी अब प्रिमियर लिगमा हडर्सफिल्ड र न्युक्यासलसँग खेल्न बाँकी रहेको छ ।   
 

सम्बन्धित समाचार

प्रिमियर लिगमा म्यानचेस्टर सिटीको विजयी सुरुवात, आर्सनलमाथि २-० को जित 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा म्यानचेस्टर सिटीले सुखद सुरुवात गरेको छ।  गएराती भएको खेलमा सिटीले आर्सनललाई २-० ले पराजित गर्दै नयाँ सिजनमा विजयी सुरुवात गरेको छ।  सिटीको जितमा रहिम स्टरलिङ र बेर्नान्डो

प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट सुरुवात, साडियो मानेले गरे २ गोल 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा लिभरपुलले उत्कृष्ट सुरुवात गरेको छ।  आइतबार वेस्टह्यामसँगको खेलमा ४-० को जित निकाल्दै यस सिजनको शानदार सुरुवात गरेको हो।  लिभरपुलको जितक लागि साडियो मानेले २ गोल गरे भने

प्रिमियर लिगमा चेल्सीको विजयी सुरुवात,  हडर्सफिल्ड ३-० पराजित 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा चेल्सीले विजयी सुरुवात गरेको छ। शनिबार भएको खेलमा चेल्सीले हडर्सफिल्ड टाउनलाई ३-० ले पराजित गरेको छ। चेल्सीको जितमा एङ्गोलो कान्टे, जोर्गीन्हो र पेड्रोले गोल गरेका थिए।  खेलको ३४औ

प्रिमियर लिगमा टोटनह्यामको विजयी सुरुवात, डेल अलीले गरे निर्णायक गोल 

काठमाडौँ।  इङलिश प्रिमियर लिगमा टोटनह्यामले विजयी सुरुवात गरेको छ।   शनिबार भएको खेलमा टोटनह्यामले न्युक्यासल युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै नयाँ सिजनको विजयी सुरुवात गरेको हो।  जितसँगै टोटनह्यामले तीन अंक