• २०८१ बैशाख ८ शनिबार

एल क्लासिको बराबरीमा, बार्सिलोनाको अपराजित यात्रा कायमै

kharibot

काठमाडौँ । एल क्लासिको अन्तर्गत गएराती भएको खेल बराबरीमा सकिएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा दुवै टिमले २-२ गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

बार्सिलोनाका लागि लुइस स्वरेज र लियोनेल मेसीले गोल गरे भने रियल म्याड्रिडका लागि क्रिस्टियानो रोनाल्डो र ग्यारेथ बेलले गोल गरेका थिए ।

खेलको पहिलो हाफको अन्त्यमा बार्सिलोनाका सर्जियो रोबर्टले रातो कार्ड पाएपछि मैदान छोड्दा बार्सिलो दोस्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो । 

त्यस्तै पहिलो हाफमा खेलका क्रममा खेलका क्रममा खुट्टामा समस्या भएपछि रोनाल्डो दोस्रो हाफमा भने खेलेका थिएनन् । 

यस खेलमा बराबरी भएसँगै बार्सिलोना ला लिगामा ४२ खेलमा अपराजित हुदै यस सिजनमा खेलेका ला लिगाका पुरै खेलमा अपराजित बनेको छ । गत बर्षको अप्रिलदेखि खेलेका ला लिगाका खेलमा बार्सिलोना अपराजित हुदै आएको छ । यस सिजनमा खेलेका ३५ खेलमा बार्सिलोना २६ खेलमा जित हासिल गरेको छ भने ९ खेलमा बराबरीमा रोकिएको छ । 

यस खेलपछि एल क्लासिकोमा केहि रेकर्ड समेत बनेका छन् । मेसी एल क्लासिकोमा आफ्नो घरेली मैदान क्याम्प नाउमा सबै भन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् । क्याम्प नाउमा मेसीले ७ गोल गरेका छन् । 

त्यस्तै रियल म्याड्रिडले एल क्लासिकोमा अहिलेसम्म ४ सयौ गोल गरेको छ भने बार्सिलोनाले ३८९औ गोल गरेको छ ।

त्यस्तै बार्सिलोनाले आफ्नो घरेलु मैदानमा भएका पछिल्ला ४ एल क्लासिकोमा रियल म्याड्रिडलाई पराजित गर्न सकेको छैन । क्याम्प नाउमा भएका पछिल्ला ४ क्लासिको खेलमा २ बराबरी र २ मा हार बेहोरेको छ ।

यो बराबरीपछि ला लिगामा बार्सिलोनाको ३५ खेलमा ८७ अंक भएको छ भने रियलको ३५ खेलमा ७२ अंक भएको छ । एथलेटिको भन्दा एक खेल कम खेलेको रियल एथलेटिको बह्न्दा ३ अंकले पछाडी रहेको छ ।
 

  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै