• २०८१ बैशाख १३ बिहीबार

'अस्पतालको तलब खाने अनि नीजि क्लिनिकमा काम गर्न भएन नि '

kharibot

हेटौडा । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सरकारी अस्पतालमा काम गर्ने तर नीजि क्लिनिकमा ध्यान दिने चिकित्सकहरुले स्वास्थ्य क्षेत्रमा समस्या पारेको बताएका छन् ।

आजबाट हेटौँडामा सुरु भएको स्थानीय तहमा स्वास्थ्य सम्वन्धी अभिमुखिकरणको लागि प्रदेश स्तरको छलफल कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा डाक्टरहरुबाटनै शुसासको सुरुवात हुनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले भने “अरुलाई सुशासनको पाठ सिकाउने चिकित्सकहरुले सुशासनको अभ्यास आफैबाट गर्नु पर्यो नि, तलव सुविधा सरकारको खाने अनि नीजि क्लिनिकलाई ध्यान दिनु हुन्न नि ।”

प्रदेश नंबर ३ को काठमाण्डौँ र चितवनलाई हेरेरमात्र स्वास्थ सेवाको अवस्था राम्रो भएको प्रतिवेदन आफुलाई चित्त नबुझेको भन्दै उनले अब प्रदेश सरकारले सबै क्षेत्रमा जनतालाई अनुभव हुनेगरि स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का सामजिक विकास मन्त्री युवराज दुलाले स्वास्थ्य नीति विकटको जनतालाई हेरेर बनाउनुपर्ने बताए । समृद्ध प्रदेश निर्माणको लागि स्वास्थ्य सेवा महत्वपूर्ण रहेको भन्दै उनले सरकारले स्वास्थ्य क्षेत्रलाई अति महत्वपूर्ण कडिको रुपमा लिएको धारणा ब्यक्त गरे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना तथा सामजिक विकास मन्त्रालयको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका निमित्त सचिव शम्भु भट्टराई, अर्जुन सापकोटाले प्रदेश नंबर ३ को स्वास्थ्य सेवाको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुुलाल, स्वास्थ्य सेवा विभागका उपमहानिर्देशक चुडामणी भण्डारी लगाएतले मन्तब्य ब्यक्त गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै