• २०८१ बैशाख ८ शनिबार

के यौनको लत साँच्चै एउटा रोग नै हो त ? 

kharibot

तस्बिर : Getty Image

अमेरिकी लेखक मार्क ट्वेनको एउटा भनाइ चर्चित छ । उनले भनेका थिए चुरोट छोड्न सजिलो थियो, मैले सयपटक छोडेँ । हुनसक्छ उनले यसो भनेकै थिएनन् कि । पछि उनको मृत्यु क्यान्सरकै कारण भएको थियो । 

समाजमा निकोटिन, रक्सी र लागूऔषधजस्ता नशालु चिजको लतसँगै यसबाट हुने नोक्सानीलाई पनि स्वीकार गरिएको छ । तर जब यौन (सेक्स)को लतको कुरा आउँछ, यसमा मानिसहरुको राय बाझिन्छ । केहीले यौनको लतलाई स्वीकार गर्छन्, केहीले यो कुरा मान्दैनन् । 

यौनको लत अहिलेलाई रोगका रुपमा नलिएकै कारण कतिले यसबारे चिकित्सकीय परामर्श मागेका छन् त भन्ने आधिकारि तथ्यांक छैन । पोर्न र सेक्सको लतसँग पौँठेजोरी गरिरहेका मानिसको सहयोगका लागि विकसित गरिएको उटा वेबसाइटले बेलायतमा २१ हजार मानिसमा सर्वे गरेको थियो ।

उनीहरुले सन् २०१३ पछि यो वेबसाइटसँग मद्दतको लागि सम्पर्क गरेका थिए । यसमध्ये ९१ प्रतिशत पुरुष थिए भने यसमध्ये केवल १० जनाले मात्रै आफ्नो समस्याबारे डाक्टरसँग परामर्श लिएका थिए । 

विशेषज्ञको राय 
सेक्सको लतलाई २०१३ को डाइग्नोष्टिक एण्ड स्टाटिष्टिकल म्यानुअल अफ मेन्टल डिसअडर्स (डीएसएम)मा सामेल गर्नेबारे विचार गरिए पनि प्रमाण अभाव भएपछि गरिएन । अमेरिका र बेलायतमा डीएसएम एउटा महत्वपूर्ण डाइग्नोष्टिक टुल हो । 

तर अब बाध्यकारी यौन व्यवहारलाई विश्व स्वास्थ्य संगठनसँग सम्बद्ध म्यानुअल इन्टरनेशनल क्लासिफिकेसन अफ डिजिज (आईसीडी)मा सामेल गर्नेबारे विचार गरिरहिएको छ । नयाँ प्रमाण आएका कारण जुवा खेल्ने र धेरै खाने लतलाई पनि २०१३ मा रोगका रुपमा स्वीकार गरिएको थियो । पहिला जुवालाई पनि बाध्यकारी व्यवहार मात्रै मानिन्थ्यो । 

थेरापिष्टहरुले सेक्सको लतलाई पनि यसमा सामेल हुनसक्ने बताएका छन् । 

दिमागमा के चल्छ ? 
एक शोधका अनुसार सेक्सको लतका शिकार खास गरी जसले धेरै पोर्न हेर्छ, उसलाई हुन्छ । उसको दिमागमा एउटा लागूऔषध लिएको मानिसको दिमागमा जस्तै असर देखिने बताइएको छ । कुनै व्यक्तिलाई सेक्सको लत छ कि छैन भन्ने कुराचाहिँ जटिल कुरा हो । किनकि के कुरालाई लत मान्ने र नमान्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । एक विशेषज्ञका अनुसार लतको शिकार भएका व्यक्ति क्षणिक फाइदालाई मात्र हेर्छन्, चाहे त्यसले दीर्घकालमा उसलाई नोक्सान नै पुर्याउने किन नहोस्, उसले त्यो गर्छ गर्छ । तर यसविपरीत बाध्यकारी व्यवहारबाट प्रभावित मानिसचाहिँ यस्तो व्यवहार गर्छन्, जसले उनीहरुलाई कुनै मजा नै दिँदैन ।  

मनोवैज्ञानिक डा. हेरियट गेराडका अनुसार कुनै पनि व्यवहार तब लत बन्छ, जब यो एकदमै तीव्र हुन्छ । यसले व्यक्तिलाई नोक्सानी पुर्याउँछ । उनका अनुसार जुवा खेल्ने वा धेरै खाने लतलाई बिमारी मानिएको छ तर जनमानसमा लामो समयदेखि भइरहेको कारण सेक्सलाई लत मानिएको छैन । यसको मतलब जुवा र खाने लतलाई समस्या मानेर उनीहरु सहयोगका लागि आउँछन् भने सेक्सलाई समस्या नै मान्दैनन् । 

तर कतिपय मनोवेत्ताहरु भने सेक्ससम्बन्धी व्यवहारलाई पनि लत मान्छन् । उनीहरु यसलाई लुकेर रहेको समस्या मान्छन् । कुनै पीडा, चिन्ता या आघातलाई बिर्सिन सेक्सलाई मानिसहरुले सहारा लिन्छन् भन्ने उनीहरुको विश्वास छ । 

के सेक्सको लत एउटा मिथक हो ? 
कति मानिस सेक्सलाई वास्तविक बिमारी भनेर मान्दैनन् । द मिथ अफ सेक्स इडिसन किताब लेख्ने सेक्स थेरापिष्ट डेभिड ले भन्छन्, आम तहमा सेक्सलाई लत मान्नेवाला व्यवहार वास्तवमा मुड वा कुण्ठासँग जोडिएको समस्याको उपचार नगराउनुको लक्षण हो । 
उनका अनुसार सेक्स या हस्तमैथुनलाई रक्सी र लागूऔषधको बराबर मान्नु सही हुँदैन । रक्सीको लतको शिकार भएका मानिसहरु यसलाई छोड्दा मर्न पनि सक्छन् । उनी भन्छन्, सेक्सको लतको धारणा स्वस्थ यौन सम्बन्ध के हो, यससँग जोडिएको नैतिक मूल्यमा आधारित हुन्छ । उनका अनुसार यदि कोही मानिस थेरापिष्टको सल्लाहभन्दा पनि आफ्नै तरिकाबाट सेक्स गरिरहेको छ भने ऊ सेक्सको लतको शिकार भएको हुनसक्छ । 

  • बीबीसी हिन्दीबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै