• २०८१ बैशाख १४ शुक्रबार

म्यानचेस्टर युनाइटेडका पुर्वम्यानेजर सर एलेक्स फर्गुसनलाई ब्रेन ह्यामरेज

kharibot

काठमाडौं । म्यानचेस्टर युनाइटेडका पुर्वम्यानेजर सर एलेक्स फर्गुसनलाई ब्रेन ह्यामरेज भएको छ । गएराती ब्रेन ह्यामरेज भएपछि उनको इमर्जेन्सी अप्रेशन गरिएको बेलायति मिडियाले उल्लेख गरेका छन् । 

पारिवारिक स्रोतलाई उल्लेख गर्दै डेलीमेलले अप्रेशन सफल भएको उल्लेख गरेको छ । उनलाई हाल आइसीयुमा राखिएको र उनको अवस्था स्थिर रहेको उल्लेख गरिएको छ । 

७६ बर्षिय फर्गुसनलाई ब्रेन ह्यामरेज भएको रिपोर्ट बाहिरिए पछु उनका लाखौ फ्यान र शुभचिन्तकले शिघ्र स्वास्थ्यलाभको कामना गर्दै सन्देश पठाएका छन् ।

म्यानचेस्टर युनाइटेडमा २७ बर्ष म्यानेजरको भूमिकामा रहेका फर्गुसनले युनाइटेडका लागि साबि प्रतियोगितामा १५ सय खेलमा म्यानेजर बनेका थिए । जसमा युनाइटेलाई ८९५ खेल जिताएका थिए भने २६७ बराबरी र ३३८ खेलमा हार बेहोरेका थिए ।

युनाइटेडमा रहदा फर्गुसनले १३ प्रिमियर लिग उपाधि, ५ एफए कप, ४ लिग कप, १० कम्युनिटी सिल्ड, २ च्याम्पियन्स लिग, एक युइएफए सुपर कप, एक इन्टरकन्टिनेन्टल कप र एक क्लब विश्वकपको उपाधि जितेका थिए ।   
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै