• २०८१ बैशाख ५ बुधबार

स्टेफेन हकिङको फाइनल बिग ब्यांग थिअरी प्रकाशित : मल्टिभर्सबारेको जटिलताको समाधान 

kharibot

स्टेफेन हकिङको फाइनल सिद्धान्त जर्नल अफ हाइ इनर्जी फिजिक्समा प्रकाशित भएको छ । यसले हाम्रो ब्रह्माण्ड उस्तै ब्रह्माण्डमध्ये एक रहेको निष्कर्ष दिन्छ । यसलाई हकिङले मल्टिभर्स भन्ने शब्द प्रयोग गरेका छन् । धेरै ब्रह्माण्डहरुको अस्तित्व छ भन्ने हकिङको यो सिद्धान्त सन् १९८० मै विकास गरिएको सिद्धान्त हो । 

यसले बिग ब्यांग (महाविस्फोटन)पछि विशाल र सीमारहित ब्रह्माण्डहरुको संरचना भएको कुरालाई जोड दिन्छ । तिनीहरुमा कम्तीमा एउटा पृथ्वी भएको र डाइनोसरहरु लोप नभएको हुनसक्ने उदाहरण यसमा प्रकाशित गरिएको बताइएको छ । 

तर यो सिद्धान्तले मानिस आफैँचाहिँ कस्तो खाले ब्रह्माण्डमा रहेको छ भन्ने पत्ता लगाउन नसक्ने जटिलता देखाएको छ । यसले यी सबै ब्रह्माण्डहरुमा विविधता भएको औँल्याउँछ । 
तर यस्तो सैद्धान्तिक परिस्थितिसँग हकिङ स्वयं सन्तुष्ट थिएनन् । त्यसकारण उनीहरुले मल्टिभर्स देखापरे पनि यसबारे धेरै कुरा भन्न नसक्ने स्वीकार्दै यो सिद्धान्तमै रहिरहन अध्ययनलाई जारी राख्ने निर्णय गरेका थिए ।

अब यो नयाँ पेपर भने २० वर्षसम्मको कामको फल हो । यसले अर्को नयाँ विचारलाई जोड दिँदै अरु ब्रह्माण्ड पनि हाम्रो जस्तै भौतिक संरचनायुक्त हुनसक्ने निष्कर्ष निकालेको छ । 
भौतिकसम्बन्धी नियमहरु जुन वैज्ञानिकहरुले प्रयोगशालामा परीक्षण गर्छन्, त्योचाहिँ सधैँ नरहेको हुनसक्ने बताइएको छ ।

महाविस्फोटनपछि ब्रह्माण्डको फैलावट भएको र तिनीहरुमा चहक देखिएको मानिएको छ । यस्ता नियमहरु महाविस्फोटनमा देखापरेको मानिएको छ । यी कुराहरुको अध्ययनबाट यस्ता नियमहरु कहाँबाट आए र कति युनिक छन् भन्नेमा जोड दिइएको जनाइएको छ । 

आश्चर्यलाग्दो कुरा त यो पेपर हकिङको मृत्यु हुनु १० दिनअघि मात्रै उनलाई दिइएको थियो । यो सिद्धान्तलाई खगोलविद्हरुले अझै अगाडि बढाउन सक्नेछन् । 
हकिङको यो प्रसिद्ध सिद्धान्त हो ।

ब्ल्याक होल 

सन् १९६० र १९७० मा सामान्य सम्बन्धसँग सम्बन्धित धेरै तार्किक आधारहरुबारे काम गरेका थिए । त्यसबेला उनले ब्ल्याकहोलले विकीरण उत्सर्जन गर्ने बताएका थिए । अहिले यसलाई हकिङ रेडिएसनको नामले चिनिन्छ । यो आधारअनुसार स्पेस र टाइम बिगब्यांगको बेला रहेको तर पछि ब्ल्याकहोलमा गएर अन्त्य भएको मानिएको छ । 

सन् १९७४ मा हकिङले ब्ल्याकहोल पूर्णतया कालो नभएको भन्दै अन्य रक्तविकीरण समेत उत्सर्जन गर्ने बताएका थिए । यसले हकिङ प्याराडक्सतर्फ डोर्याएको थियो । यस किसिमको मान्यतामा भौतिक नियमहरु ब्रह्माण्डमै हराउँछ भने भौतिक नियमहरुसँग समेत मेल नखाने भएकाले हकिङ प्याराडक्स भनिएको हो । 

धेरैपटक उनले यसको बचाउ गरे पनि सन् २००४ मा भने उनले त्यो दाबी फिर्ता लिएका थिए ।

थिअरी अफ एभ्रिथिंग 
 ब्ल्याकहोलसम्बन्धी हकिङको अनुसन्धान अगाडि बढिरह्यो भने यस क्रममा उनले थिअरी अफ एभ्रिथिंग (हरेकको सिद्धान्त)लाई जोडदार रुपमा उठाए । तर यसलाई कहिल्यै पुष्टि गर्न नसके पनि त्यसमा केही असल कुरा रहेको सुझाउँदै आएका थिए ।

द बिगब्यांग थिअरी  
सन् १९८० मा हकिङले बिगब्यांगबारे नै प्रश्न गर्दै न सुरु न अन्त्य हुने समेत विचार व्यक्त गरेका थिए । भौतिकशास्त्री जिम हार्टलसँग काम गर्दै हकिङले नो बाउन्ड्री प्रपोजल भन्ने सिद्धान्तको विकास गरे । जसले सीमित ब्रह्माण्ड तर सीमा निर्धारण गर्ने कुनै स्पष्टता नरहेको कुरालाई जोड दिन्छ । 

  • मिरर युकेबाट । 
     

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै