• २०८१ बैशाख ७ शुक्रबार

सलमानले बनाए बलिवुडमा नयाँ रेकर्ड, ४ फिल्मको सेटेलाइट अधिकार रेकर्ड मुल्यमा बिक्रि ! 

kharibot

मुम्बई । बलिवुडका सुपरस्टार सलमान खान फिल्मी पर्दामा जति हिट छन् टेलिभिजनमा पनि त्यति नै लोकप्रिय रहेका छन् ।

टेलिभिजनमा सलमानले होस्ट गर्ने ‘बिग बोस’ र ‘दसका दम’ जस्ता लोकप्रिय शो का करण पनि सलमान टेलिभिजन दर्शकबीच लोकप्रिय भएका हुन् ।

पछिल्लो पटक सलमानको लोकप्रियता उनले जी-नेटवर्कसँग गरेको सेटेलाइट अधिकारको संझौताले पनि देखाएको छ । जी- नेटवर्कले सलमानका आगामी ४ फिल्मका लागि ४ सय करोडको सम्झौता गरेको छ । बलिवुडमा कुनै स्टारसँग गरेको यो अहिलेसम्मको ठुलो रकमको सम्झौता हो । 

सलमानका अब आउन लागेका रेस ३, भारत, किक २ र एउटा नाम नखुलाइएको फिल्मका लागि सो सम्झौता भएको कोइमोई डट कमले उल्लेख गरेको छ । यस हिसाबले सालमानका एक फिल्मको लागि जी- नेटवर्कले सय करोडको सम्झौता गरेको छ ।

यस अघि आमिर खानको फिल्म दंगलका लागि जीले नै ७५ करोड खर्च गरेको थियो भने सलमानको फिल्म टाइगर जिन्दा हैका लागि सोनी नेटवर्कले ७० करोड खर्च गरेको थियो ।

सलमानको यस बर्ष आगामी इदमा रेस ३ रिलिज हुनेछ, जसमा सलमानका अलावा अनिल कपुर र बबी देओलको महत्वपूर्ण भूमिका रहेको छ ।    
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै