• २०८१ बैशाख १३ बिहीबार

सलमान खानले साइन गरेर नबनेका ११ फिल्म 

kharibot

काठमाडौँ । बलिवुडका सुपरस्टार सलमान खान कुनै फिल्मसँग जोडिए भने सय करोडभन्दा तलको ब्यापारको कुरा नै हुदैन । 

पछिल्लो समय बलिवुड सबैभन्दा सफल फिल्म दिने अभिनेतामा सलमान सबै भन्दा अगाडी रहेका छन् । अहिले निर्माता निर्देशकले चाहेर पनि सलमानलाई आफ्नो फिल्ममा लिन गार्हो रहेको छ । 

हाल रेस ३ र दवंग ३ को तयारीमा रहेका सलमानका यस्ता केहि फिल्महरु छन् जो कोहि सुटिंग नै भएनन् भने कुनै आधा सुटिंग भएर रोकिए । सलमानलाई आफ्नो फिल्ममा लिन निर्माताहरुले बर्षौ कुर्नु पर्ने स्थितिका बीचमा सलमानले फिल्म साइन गरेर पनि पुरा नभएका केहि फिल्महरुको सुची नै रहेको छ ।

१.    रनक्षेत्रा : फिल्म मैने प्यार कियाको सुपर हिट जोडी सलमान र भाग्यश्रीलाई लिएर बनाउने घोषणा गरिएको फिल्म रनक्षेत्रा भाग्यश्रीको विवाह भएपछि फिल्मको सुटिंग नै नभई बन्द भएको थियो ।

२.    दिलहै तुम्हारा : सन १९९१ मा सलमानले यो फिल्म साइन गरेपनि फिल्मको सुटिंग नै सुरु भएन । फिल्ममा सलमानसँग सानी देओल, मिनाक्षी शेषाद्री प्रमुख भूमिकामा थिए ।

३.    ए मेरे दोस्त : यस फिल्ममा सलमानका साथै अर्बाझ खान, दिव्या भारती, करिश्मा कपुरले अभिनय गर्ने गरि साइन गरेका थिए । फिल्मको गीत पनि रेकर्ड गरिएको थियो तर फिल्मको सुटिंग नै सुरु भएन र फिल्मको गीत सलमानकै अर्को फिल्म मझदारमा प्रयोग गरिएको थियो ।

४.    बुलन्द : सलमानले यो फिल्म आफ्नी त्यतिबेलाकी प्रेमिका सोमी अलीसँग साइन गरेका थिए । फिल्मको आधा सुटिंग पनि सकिएको थियो तर अचानक फिल्मलाई बिचमै बन्द गरिएको जसको करण अहिलेसम्म थाहा हुन् सकेको छैन ।

५.    राम : आफ्ना भाई सोहेल खानले निर्देशन गर्ने भनेर सुरु गरिएको यस फिल्ममा सलमानसँगै अनिल कपुर र पुजा भट्ट पनि थिए । आधा शुटिंग भएपछि फिल्मको बजेट बढी भयो भन्दै फिल्म बन्द भएको थियो ।

६.    चोरी मेरा काम : सलमानले सुनिल शेठी र काजोलस्नाग यो फिल्म साइन गरेर आधा शुटिंग पनि गरेका थिए तर शुटिंग बीचमा र्रोक्दै बन्द गरियो ।

७.    दस : सन १९९७ मा सलमान खानले आफु सँगै संजय दत्त, शिल्पा शेठी र रविना टन्डनसँग अभिनय गर्ने गरि यो फिल्म साइन गरेका थिए । तर निर्देशक मुकुल एस आनन्दको निधन भएपछि यो फिल्म बन्द भएको थियो ।

८.    राजु राजा राम : यस फिल्ममा सलमानसँग गोविन्दा र जैकी श्राफ थिए । डेभिड धवनले निर्देशन गर्ने भनिएको यो फिल्म लगानीकार्त को अभावमा रद्ध भएको थियो ।

९.    जलवा : सलमानसँग संजय दत्त र अरमान कोहलीलाई लिएर यो फिल्म सेन गरिएको थियो । एक्शनले भरिपूर्ण यो फिल्म निर्देशकले पारिवारिक फिल्म बनाउने भनेपछि बन्द भएको थियो ।

१०.    आँख मिचौली : सन १९९७ मा आएको जुड्वामा सलमान खानको डबल रोल थियो । त्यसपछि यस फिल्ममा पनि सलमानको डबल रोलमा साइन गराइएको थियो तर विविध कारणले फिल्म बन्द भयो ।

११.    घेराव : फिल्म सलमानसँग मनिषा कोइरालालाई लिएर राजकुमार सन्तोषीले निर्देशन गर्ने गरि साइन गरेको फिल्म रद्ध भएको थियो । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै