• २०८१ बैशाख १३ बिहीबार

विचाराधिन विषयमा टिप्पणी नगर्न कामु प्रधानन्यायाधीश जोशीको प्रेससँग आग्रह

kharibot

काठमाडौँ । कायम मुकायम प्रधान न्यायाधीश दीपकराज जोशीले न्यायालयका विषयमा संवेदनशिल भएर टिप्पणी गर्न आग्रह गरेका छन् ।

अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा बोल्दै जोशीले सो कुरा बताएका हुन । विश्वत प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्राकार महासंघद्वारा आयोजित अन्तर्राष्ट्रिपय पत्रकार महासंघ (आइएफजे) ले तयार गरेको ‘दक्षिण एसियामा प्रेस स्वतन्त्रताको अवस्था’ विषयक प्रतिवेदन, ‘नेपालमा प्रेस स्वतन्त्रताको अवस्था (२०७४, सार्वजनीकीकरण तथा’ प्रेस स्वतन्त्रता विषयक अन्तरक्रिया’ र ’लैंगिक समानता पत्रकारिता पुरस्कार’ प्रदान कार्यक्रममा जोशीले न्यायालयको विषयमा टिप्पणी गर्दा संयमित हुन आग्रह गरेका हुन ।

“जसरी लोकतन्त्र विनाको प्रेस स्वतन्त्रता र प्रेस स्वतन्त्रता विनाको लोकतन्त्रको परिकल्पना गर्न सकिँदैन त्यसरी नै न्यायालय र सञ्चाकर जगतका बीचमा पनि भूमिकाको हिसाबले फरक तर अन्योन्यास्रित सम्वन्ध रहेको हुन्छ। न्यायपालिका जनआस्थामा टिकेको आवाज विहीन संस्था हो,’ जोशीले भने । सञ्चाहर जगतकै माध्यमबाट यसको कार्य र प्रभावकारितालाई जनतासमक्ष पुर्यापउने कार्य हुन्छ भन्दै जोशीले भने अदालतमा विचाराधीन रहेका मुद्दाका विषयलाई लिएरसञ्चामर माध्यमहरूमा टिकाटिप्पणी हुनु वा समाचार विश्लेधषणका नाममा पक्षपात पूर्ण निर्णय भईदिनुस्वतन्त्र न्यायपालिकाको मान्यता विपरित हुन जान्छ ।

जोशीले अदालतले न्यायको घोषणा संविधान र कानून कै आधारबाट प्रदान गर्ने हो भन्दै प्राप्त अधिकारको सदुपयोग होस् र प्रयोगमा शतर्कता होस् भन्नेा चाहना सबैको हुनुपर्ने धारणा पनि राखेका छन् ।

“यी कुराहरूलाई ख्याल गरेर न्यायालय वा अन्य निकायका राम्रा र नराम्रा कुराहरूको विश्लेरषण गरेर सत्य तथ्य कुराहरू जनतासमक्ष उजागर गरी आफ्नो भूमिका निर्वाह गर्नु स्वतन्त्र पत्रकारिताको धर्म हो भन्नेु मलाई लाग्छ ।”

कायम मुकायम प्रधान न्यायाधीश जोशीले राज्यको चौथो अङ्गको रुपमा रहेको सञ्चारर जगतले यसको स्वतन्त्रता, महत्वतथा मापदण्डको सम्वन्धमा पैरवी तथा छलफल गर्न हरेक वर्ष मे महिनाको ३ तारीखमा विश्व भरी नै समाचार संकलनको क्रममा जोखिममा परेका र ज्यान गुमाएका पत्रकारहरूको योगदानलाई कदर र सम्झना गर्दै उनीहरूको सम्मानमा यो दिवस मनाउँदै आएको स्मरण गरेको समेत छन् ।

सन् १९९३ मा संयुक्त राष्ट्रद संघले अनुमोदन गरेपछि विश्वदभर नै मनाउँदै आइएको यस दिवसले नेपालमा समेत स्वतन्त्र र निष्पक्ष पत्रकारितामा योगदान पुर्यावउने पत्रकारहरूको योगदानको प्रशंसाका साथै उनीहरूले भोग्नु परेको समस्या र जोखिमको बारेमा गहन छलफल गरी सञ्चानर क्षेत्रलाई अझ कसरी निष्पक्ष र स्वतन्त्र बनाउन सकिन्छ भन्नेक बारेमा विष्लेफषण गर्न यस कार्यक्रमले थप आधार प्रदान गर्नेछ भन्ने् मेरो विश्वारस छ ।

लोकतान्त्रिक मूल्य, मान्यता र सँस्कारलाई आत्मसात गर्दै अभिव्यक्तिको स्वतन्त्रताको भरपूर उपयोग मार्फत् देशमा सञ्चानरमाध्यमको क्षेत्रबाट सुशासन, विकास, न्याय तथा आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ संविधानमा प्रेस स्वतन्त्रतासहितको सूचना सम्बन्धी हकलाई मौलिक हकको रुपमा प्रत्याभूत गरिएको भन्दै जोशीले संविधान, कानून तथा पत्रकारहरूको पेशागत आचारसिंहता अन्तर्गत रहेर हरेक पत्रकार तथा सञ्चाेरकर्मीहरूले आफ्नो भूमिका र जिम्मेवारी वहन गर्नु पर्ने आग्रह गरे । “यस सन्दर्भमा सञ्चानरक्षेत्रको नियमन र अनुगमनगर्दै सार्वजनिक महत्वको भूमिका निर्वाह गरिरहेको पत्रकार महासंघको स्थापनाकालदेखि हालसम्मका सम्पूर्ण सकारात्मक कार्यहरूको सराहना र प्रशंसा गर्न चाहन्छु,” उनले भने ।

सञ्चाार माध्यमहरूले स्वतन्त्र र निष्पक्ष समाचार सम्प्रेषण गर्न नसकेमा जनताको सूचनाको पाउने अधिकार रलोकतन्त्रिक पद्धतिको विकास प्रभावित हुन पग्ने भन्दै जोशीले सही, सत्य र निष्पक्ष समाचार सम्प्रेषणमा जिम्मेवारी बोधका साथ निरन्तर रुपमा लाग्नुपर्ने बताए । “जनताको सञ्चाकर माध्यमप्रतिको विश्वास र निर्भरता जतिचुलिँदै गएको छ,सञ्चानरमाध्यमलाई विश्वासनीयता आर्जन गर्ने चुनौति पनि त्यति नै मात्रामा थपिएको छ भन्नेु मलाई लाग्दछ ।” 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै