• २०८१ बैशाख ८ शनिबार

लिभरपुलका तीन हस्तीले तोडे रियल म्याड्रिडका बिबिसीको रेकर्ड 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका बिबिसी भनेर चिनिने ग्यारेथ बेल, करीम बेन्जामा र क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिगको रेकर्ड तोडिएको छ ।

रियलका बिबिसीले च्याम्पियन्स लिगको एक सिजनमा गरेको २८ गोलको रेकर्डलाई लिभरपुलका मोहमद सलाह, साडियो माने र रोबर्ट फिर्मिनोको ट्रायो जोडीले तोडेको छ । उनीहरुले यस सिजनमा कुल २९ गोल गर्दै रियलका बिबिसीले सन २०१३-१४ सिजनमा राखेको २८ गोलको रेकर्ड तोडेको हो ।

लिभरपुलका मोहम्बद सलाह र रोबर्ट फिर्मिनोले यस सिजनको च्याम्पियन्स लिगमा १०-१० गोल गरेका छन् भने साडियो मानेले गएराती रोमाविरुद्ध सुरुवाती गोल गर्दै यस सिजनमा आफ्नो गोल संख्या ९ पुर्याएपछि रियलका बिबिसीको रेकर्ड तोडेका हुन् । साडियोले आफ्नो च्याम्पियन्स लिगको पहिलो १० खेलमा ९ गोल गरेर नयाँ रेकर्ड समेत बनाएका छन् ।

आठौ पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले यसअघि १९७७, १९७८, १९८१, १९८४ र २००५ मा च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यस्तै लिभरपुल १९८५ र २००७ मा फाइनलमा पराजित भएको थियो । 

अब आफ्नो छैठौ च्याम्पियन्स लिग उपाधिका लागि लिभरपुल स्पेनको महारथी, च्याम्पियन्स लिग लगातार दुई बर्ष जितेको रियल म्याड्रिडसँग भिडने छ ।    
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै