• २०८१ बैशाख ७ शुक्रबार

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा, उपाधिका लागि रियल म्याड्रिडसँग भिड्ने 

kharibot

काठमाडौं । लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । 

सेमिफाइनलको दोस्रो लिगमा एएस रोमासँग ४-२ गोल अन्तरले पराजित भएपनि समग्रमा ७-६ ले विजयी हुदै प्रतियोगिताको फाइनलमा पुगेको हो ।

रोमाको घरेलु मैदानमा भएको अत्यन्त हाई भोल्टेज खेलमा रोमाले पहिलो लिगको अन्तरलाई घटाउने प्रयास गरेपनि असफल भएको थियो । रोमाका लागि नैनगोलनले दुई तथा डिजेकोले एक गोल गरेका थिए भने एक गोल लिभरपुलका जेम्स मिलनरले आत्मघाती गोल गरेका थिए ।

त्यस्तै लिभरपुलका लागि एक गोल साडियो मानेले गरे भने जर्जिनियो विजनालडमले एक गोल गरेका थिए ।

खेलको ९औ मिनेटमा मानेले गोल अग्र्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको १५औ मिनेटमा लिभरपुलका मिलनरले आत्मघाती गोल गर्दै खेल १-१ को बराबरी भएको थियो । त्यसपछि खेलको २५औ मिनेटमा लिभरपुलका विजनालडमले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । 

पहिलो हाफमा २-१ ले अगाडी रहेको लिभरपुललाई दबाब बनाउदै दोस्रो हाफमा रोमा खेलमा फर्किने पुरै कोशिश गरेको थियो । खेलको ५२औ मिनेटमा रोमाका लागि डिजेकोले गोल गर्दै खेल २-२ को बराबरी गरेका थिए भने खेलको ८५औ र इन्जुरी समयमा (पेनाल्टी) बाट रोमाका नैनगोलनले गोल गर्दै खेल ४-२ अन्तरले जिते पनि पहिलो लिगको ५-२ अन्तरको हार रोमालाई महँगो पर्यो । समग्रमा लिभरपुलले ७-६ ले खेल जित्यो र फाइनलमा पुग्यो ।

च्याम्पियन्स लिगको फाइनल अब रियल म्याड्रिड र लिभरपुलबीच हुने भएको छ । आगामी २७ तारिखमा युक्रेनको किभमा हुने छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै