काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मुल्य बढाएको छ ।
बुधबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा २ रुपैयाँ र डिजेल र मट्टितेलमा ३-३ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्यवृद्धिपछि पेट्रोलको मूल्य प्रतिलिटर १०८ र डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँ पुगेको छ । निगमले खाना पकाउने ग्यासको मुल्य भने बढाएको छैन ।
यसअघि बैशाख ३ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो ।
त्यति बेला पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २ र २ रुपैयाँ बृद्धि गरेको भए पनि यसपटक भने धेरै मुल्य बढाएको छ ।