• २०८१ बैशाख १३ बिहीबार

‘अल्पसंख्यक र लोपोन्मुख समुदायका लागि विशेष कार्यक्रम ल्याइने’

kharibot

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अल्पसंख्यक, लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि प्रदेश सरकारले विशेष कार्यक्रम ल्याउने बताएका छन् । 

आज कर्णाली प्रदेश राजधानी सुर्खेतमा लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान, नेपालसँगको भेटमा मुख्यमन्त्री शाहीले विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएका हुन् । 

प्रदेश सरकारको समग्र ध्यान यहाँको विकास र समृद्धिमा रहेको जनाउँदै उनले प्रदेश समृद्धिको योजनामा यी तीनवटै समुदाय उच्च प्राथमिकतामा रहने वचन दिए । लोपोन्मुख तथा सीमान्तकृत समुदायमा पर्ने राजी समुदायको आयआर्जनका साथै होमस्टे सञ्चालन गर्न प्रदेश सरकारले चालु आवमै १० वटा परम्परागत घर निर्माणार्थ अनुदानको व्यवस्था गर्ने उनको भनाइ थियो । 

त्यसैबीच, परम्परागत संस्कृति झल्कनेगरी होमस्टे सञ्चालनको तयारी गर्नसमेत मुख्यमन्त्री शाहीले लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थानको टोलीलाई आग्रह गरेका थिए । 

लोपोन्मुख तथा सीमान्तकृत समाज उत्थान नेपालका केन्द्रीय अध्यक्ष लालबहादुर राजीले नेपालको संविधानमा अल्पसंख्यक र अपाङ्गता भएका समुदायलाई एउटै समूहमा राखेर आरक्षणको व्यवस्था गरिँदा आफूहरुलाई अन्याय भएको बताए । यो समुदाय उत्थानका लागि संविधानमा अल्पसंख्यक भनेर तोकेरै आरक्षित समूह भनेर व्यवस्था गर्न अध्यक्ष राजीले माग राखेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै