• २०८१ बैशाख ५ बुधबार

मे ८ मा हुने भयो सोनम कपुरको विवाह, को हुन् आनन्द आहुजा ? 

kharibot

मुम्बई । बलिवुड अभिनेत्री सोनम कपुर लगनगाँठो कस्ने तयारीमा जुटेकी छन्  । लामो समयदेखि डेट गरिरहेकी आफ्ना प्रेमी आनन्द आंहुजासँग लगनगाँठो कस्न लागेकी हुन् । 

सोनम र आनन्दले एक विज्ञप्ति जारी गर्दै आफुहरुले मे ८ मा मुम्बईमा विवाह गर्न लागेको जानकारी दिएका छन् । उनीहरुले विवाह समारोहमा केहि नजिकका इष्टमित्र सहभागी हुने र पारिवारिक गोप्यतालाई सम्मान गर्न आग्रह गरिएको छ । 

सोनमले विवाह गर्न लागेकी आनन्द भने एक व्यापारी हुन्  । अमेरिकामा पढाइ गरेका आनन्दको जुत्ता र कपडाका ब्रान्ड भारतमा चर्चित रहेका छन् । आनन्द चर्चित कपडा ब्रान्ड ‘भाने’ का सिइओ एवं फाउण्डर हुन् भने यसका अलावा स्निकर बुटिक भेजननभेजका मालिक हुन् । साथै उनका पिता हरिश आहुजाले स्थापित गरेको उनको शाही एक्पोर्ट कम्पनी समेत रहेको छ । 

आहुजा परिवार आफ्नो सम्पति र व्यापारका लागि भारतमा चर्चित रहेको छ । केहि समयअघि आनन्दका पिताएल दिल्लीमा १७४ करोडको घर किनेर चर्चामा आएका थिए । आनन्द अहिले करिब ३ हजार करोडका मालिक रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सन २०१४ मा दुवैका कमन साथी फेशन डिजाइनर परनिया कुरैशीको मध्यमबाट भेटेका आनन्द र सोनम भेटको एक महिना पछि देखि नै अफयेर्समा रहेका थिए ।  

बलिवुडका चर्ह्चित अभिनेता अनिल कपुरकी छोरी सोनमले पछिल्लो समय बलिवुडमा राम्रा फिल्ममा अभिनय गरेकी छन्  । 

२००७ मा फिल्म सावरियाबाट बलिवुडमा डेभ्यु गरेकी सोनमले २०१६ मा निरजा फिल्मबाट निकै चर्चा बटुलेकी थिइन्  । निरजाबाट उनले नेशनल अवार्ड समेत पाएकी थिइन्  । 

उनले प्रेम रतन धन पायो, खुबसुरत, प्याड म्यान, रंझना, दिल्ली ६ जस्ता डेढ दर्जन फिल्ममा अभिनय गरेकी छन्  । उनको वीर दे वेड़ीङ, सन्जु, द जोया फ्याक्टर, एक लड्कीको देखा तो ऐसा लगा, फिल्म आउने तयारीमा रहेका छन्  ।         
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै