• २०८१ बैशाख ४ मंगलबार

श्रीदेवीको जीवनीमा फिल्म बन्ने

kharibot

मुम्बई । हालै दिवंगत अभिनेत्री श्रीदेवीको जीवनीमा आधारित फिल्म बन्ने भएको छ ।

उनका श्रीमान बोनी कपुरले श्रीदेवीको यादसँग जोडिएका प्रसंगलाई पर्दामा उतार्न थालेका हुन् । 

यो फिल्म डकुमेन्ट्री फिल्म हुने छ । बोनी कपुरले ‘श्री’, ‘श्रीदेवी’ र ‘श्रीदेवी म्याम’ नामक तीन नाम दर्ता गराएपछि यसको खुलासा भएको हो ।

बोनीले श्रीदेवीको नामका अलवा अन्य उनका चर्चित फिल्म मिस्टर इंडिया, चालबाज लगायत २० नाम रजिस्टर गरेका छन् । बोनीले बलिवुड निर्माता एसोशियशनमा नाम दर्ता गरेपछि यसको खुलासा भएको हो । मिडिया रिपोर्टका अनुसार श्रीदेवीको फिल्ममा कतिपय रियल फुटेज पनि प्रयोग गर्ने बताइएको छ ।

श्रीदेवीलाई पाउन बोनीले १० बर्ष पर्खेको र बल्ल श्रीदेवीले विवाह गर्न मन्जुर भएको बोनीले एक टिभी कार्यक्रममा नै केहि बर्ष अगाडी बताएका थिए ।

चर्चित अभिनेत्री श्रीदेवीको निधन पछि उनलाई यस बर्षको भारतीय नेशनल अवार्ड दिइएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै