• २०८१ बैशाख ४ मंगलबार

फोर्स सिमेन्ट अब नँया प्याकमा

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्ट उद्योगले ग्राहक तथा उपभोक्ताको मागलाई मध्यनजर गर्दै आफ्नो उत्पादनलाई अझ परिष्कृत गरेको छ ।

हालै मात्र विश्वस्तरीय प्रविधि जडान गरी उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले शुभश्री जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल स्मिथ (डेनमार्क र भारत) को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स (भिआरएम) जडान गरी उत्पादन सूचारु गरेको हो भने थप यस उद्योगले आफ्नो फोर्स ब्राण्डलाई अझ  नविन तथा परिष्कृत गर्दै आकर्षक प्याकेजिङ्गमा बजारमा ल्याएकोछ ।

समयको माग र ग्राहकको चाहना बमोजिम फोर्स प्याकेजिङ्ग अझ आकर्षक र उपभोक्ता मैत्री  भएको छ ।

यसरी जगदम्बा ग्रुपले नेपालमा पाईने सबै प्रकारको (ओपिसी, पिपिसी र पिएससी) सिमेन्ट उत्पादन गर्दै आफ्ना दुवै उद्योगबाट दैनिक १,१०,००० बोरा बिक्री वितरण गर्दै आइरहेको छ ।

यस उद्योगले आफ्नो उद्योगलाई सधै नै प्रविधि मैत्री बनाउने र  उत्पादित सम्पूर्ण ब्राण्डहरुको गुणस्तरमा एकरुपता कायम गर्दै उपभोक्ताको सेवामा समर्पित रहने प्रतिवद्धता ब्यक्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै