• २०८१ बैशाख ८ शनिबार

नासाले खिचेको मंगलग्रहको तस्बिरमा महिलाको टाउको भेटियो ? 

kharibot

तस्बिर : नासा/मेट्रो युके

उत्तर अमेरिका । मंगलग्रहमा रहेको अमेरिकी अन्तरिक्ष संस्था नासाको क्युरिओसिटी रोभरले खिचेको एउटा पछिल्लो तस्बिरले सबैलाई चकित पारिदिएको छ ।

उक्त तस्बिरमा भुइँमा भेटिएको एउटा ढुंगाजस्तो वस्तुमा महिलाको अनुहार अंकित जस्तो देख्न सकिन्छ । उक्त टाउको प्राचीन योद्धा महिलाको हुनसक्ने भनी आशंका गरिएको छ । 

उक्त वस्तु मध्यकालीन पृथ्वीमा पाइएको हेल्मेट पहिरिएकी योद्धा महिलाजस्तै रहेको शंकालुहरुले विश्वास गरेका हुन् । उक्त वस्तु इजिप्टियन कलात्मक जस्तै देखिन्छ । यसले मंगलग्रहमा कुनै बेला उत्कृष्ट सभ्यता र कलाको विकास भएको हुनसक्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै