• २०८१ बैशाख १३ बिहीबार

तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण सम्पन्न

kharibot

काठमाडौँ । नेपाली काँग्रेसको भात्रृसंगठन नेपाल तरुण दलको प्रदेशस्तरीय प्रशिक्षण समपन्न भएको छ । 

गत कार्यक्रम चैत्र २५ गते झापाको बिर्तामोडबाट प्रारम्भ भएर बैशाख १३ गते धनगढीमा सफलता पुर्बक समापन भएको तरुण दलले जनाएको छ ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका शिर्षस्थ नेताहरुले तरुण दलले सातै प्रदेशमा गरेको प्रशिक्षण कार्यक्रमले नेपाली काँग्रेसलाई बल पुगेको बताएका छन । तरुण दल यसरी जुर्मुराउदा काँग्रेसलाई थप शक्ति प्राप्त भएको नेताहरुले धारणा राखेका थिए। 

निर्वाचन पछि पार्टीले खासै गतिविधि गर्न नसकिरहेको बेला र अरु भातृसस्थाहरु पनि परिचालन हुन नसकेको समयमा नेपाल तरुण दल एकताबद्ध बनेर देसब्यापी प्रशिक्षणमा जुटेको थियो । प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको विभिन्न वक्ताहरुले तरुण दल पार्टीको साथी संगठन भएकोले अझै ससक्त भयर अगाडि बढ्नुपर्ने बताएका छन् । नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले चैत्र २५ गते झापा देखि बैशाख १३ गते धनगढी सम्म तरुण दलले सातै प्रदेसमा संचालन गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमले तरुण दल र नेपाली कांग्रेसलाई नया उर्जा र शक्ति प्रदान गरेको बताएका छन । 

महासचिव शाहीले तरुण दल अब संगठन निर्माणमा ससक्त ढङ्गले अगाडि बढ्न लागेको जानकारी गराएका छन । 

यसअघि तरुण दलले गत फागुन २२, २३ र २४ गते नगरकोटमा जिल्ला अध्यक्षहरुको एतिहासिक राष्ट्रिय भेला सफलता पुर्बक सम्पन्न गरेको थियो । 

तरुण दलले प्रदेस एकमा चैत्र २५, २६ गते झापामा, प्रदेस २ मा चैत्र २९, ३० गते पर्सामा,  प्रदेस ३ मा बैशाख ३, ४ गते हेटौंडामा,   प्रदेस ४ मा  बैशाख ६, ७ गते पर्बतमा,   प्रदेस ५ मा बैशाख ९, १० गते रुपन्देहीमा,  प्रदेस ७ मा बैशाख १२, १३ गते धनगढीमा प्रशिक्षण अभियान संचालन गरेको हो । 
नेपाल तरुण दल केन्द्रिय समितिको आयोजना र जिल्ला समितिको सम्योजनमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति

र केन्द्रिय पार्सद सहभागी भएको महाचासिव शाहीले जानकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै