• २०८१ बैशाख ११ मंगलबार

एवेन्जर्स : इनफिनिटी वारको बक्स अफिसमा उत्कृष्ट सुरुवात, कमाईको रेकर्ड तोड्ने अनुमान  

kharibot

काठमाडौँ । हलिवुडको फिल्म एवेन्जर्स : इनफिनिटी वारले रिलिजको पहिलो दिन विश्व बक्सअफिसमा कमाईको रेकर्ड तोडेको छ । 

फिल्मले पहिलो दिन नै विश्वभर ४ सय करोड भन्दा बढीको ब्यापार गरेको फिल्म विश्लेषकहरुले बताएका छन् । विहिबार गरिएको प्रिभ्यु शोमा गरेको ४ सय करोडको कमाईले फिल्मले आउदा दिनमा विश्वबक्स अफिसमा धेरै रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

त्यस्तै भारतीय बक्स अफिसमा पनि फिल्मले ४८ करोडको ब्यापार गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यस फिल्मलाई एन्थोनी रुसो र जो रुसोले निर्देशन गरेका छन् भने यस फिल्ममा रोबोर्ट डाउनी जुनियर, । क्रिस हेमस्वर्थ, मार्क रुफैलो, सकारलेट योहानसन, बेनेदिक्त कम्बरबाक, एलिजावेथ ओस्लान जस्ता अभिनेताहरुले अभिनय गरेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै