• २०८१ बैशाख १४ शुक्रबार

दीपिकालाई ‘द्रोपदी’ बनाउने आमिर खानको इच्छा 

kharibot

मुम्बई । बलिवुड अभिनेता आमिर खानले बलिवुडको अहिलेसम्मकै ठुलो बजेटको फिल्म ‘महाभारत’ को तयारीमा जुटेका छन् ।

मिडिया रिपोर्टका अनुसार आमिर खानले कृष्णको भुमिका निभाउने भएका छन् । यसैबीच फिल्ममा महाभारतका ऐतिहासिक पात्रहरुको भुमिका कसले गर्ला भन्ने चर्चा सुरु भएको छ । 

भारतीय मिडियामा चर्चित अभिनेत्री दीपिका पदुकोनेलाई आमिरले द्रोपदीको भुमिकामा खेलाउन चाहेको उल्लेख गरिएको छ ।

ऐतिहासिक कथामा आधारित पद्मावतको विवाद पछि दीपिकाले महाभारतमा द्रोपदीको भूमिका निभाउछिन या निभाउदीनन् यस बारे अझै निर्क्यौल नभएपनि दीपिकाले द्रोपदीको भूमिका निभाएमा फिल्मको हाइट भने बढ्ने सजिलै अनुमान लगाउन सकिन्छ ।

करिब एक हजार करोडको बजेटमा बन्ने यस फिल्मलाई भारतका सबैभन्दा धनि मुकेस अम्बानीले लगानी गर्ने यस अघि नै निधो भइसकेको छ ।       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै