• २०८१ बैशाख ८ शनिबार

उपत्यकामा शनिबार विहानदेखि वर्षा, आइतबारसम्म मौसमी गतिविधि जारी रहने  

kharibot

काठमाडौँ । विहिबारदेखि जारी बदली र वर्षा आइतबारसम्म जारी रहने भएको छ ।

मौसम बिभागले तुलनात्मक रुपमा मौसमी गतिविधि सक्रिय हुनाका साथै सतही रुपमा बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालमा बदली र वर्षा गराएको जनाएको छ । 

उक्त जलवाष्पयुक्त हावाका साथै भारतको उत्तर प्रदेश र विहार आसपास क्षेत्रमा न्यूनचापीय क्षेत्र विकास भएका कारण बदली र वर्षा गराएको मौसमविद् सुवास रिमालले जानकारी दिए । उनका अनुसार अहिले पश्चिमी भेगमा पूर्ण बदली तथा मध्य र पूर्वी पहाडी क्षेत्रमा पूर्ण बदली छ । 

पश्चिमको बादल क्रमशः पूर्वतर्फ सर्दै गएकाले साँझपख काठमाडौँ उपत्यकासहित मध्य र पूर्वी भेगमा बदली र मेघ गर्जनसहित वर्षा हुनेछ । केही स्थानमा भने हावाहुरीको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौँका उत्तरी क्षेत्रमा शुक्रबार मेघ गर्जन र असिनासहितको वर्षा भएको छ भने शनिबार बिहान देखिने वर्षा भैरहेको छ । 

मौसमी गतिविधि शनिबार र आइतबार पनि जारी रहने मौसमविद् रिमालको भनाइ छ । बिहीबारदेखि विकसित मौसमी प्रणालीले बदली गराउनाका साथै मेघ गर्जनसहित वर्षा गराएको हो । केही समय आकाश खुले पनि पुनः बदली र वर्षा गराउनेछ । 

महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौँमा २ मिलिमिटर वर्षा भएको छ । यस्तै ताप्लेजुङमा दुई र पोखरामा दुई मिलिमिटर वर्षा भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै