• २०८१ बैशाख १३ बिहीबार

संघीय संसदको बजेट अधिवेशन बैशाख २३ गते बोलाउन सरकारको सिफारिस 

kharibot

काठमाडौं । सरकारले आगामी बैशाख २३ गते संघीय संसदको बजेट अधिवेशन बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बैशाख २३ गते संसद बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिएका छन् ।

त्यस्तै बैठकले वीरगञ्जस्थित एकीकृत जाँच चौकी हस्तान्तरणका लागि राजपत्रमा सुचना प्रकाशित गर्ने निर्णय गरेको छ ।

आजको बैठकले शान्ति सुव्यवस्था कायम गर्न विधेयक तर्जुमा गर्न गृह मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिने र बैदेशिक रोजगारको न्यायसेवामा रमादेवी पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको सञ्चार राज्यमन्त्री बास्कोटाले जानकारी दिए । 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै