• २०८१ बैशाख १२ बुधबार

स्कारपियो गाडीको ठक्करबाट मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु

kharibot

डोटी । डोटीको बुडरमा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको घट्नास्थलमा मृत्यु भएको छ ।  

ईलाका प्रहरी कार्यालय बुडरले दिएको जानकारी अनुसार शुक्रबार बिहान करिब साढे ९ बजे धनगढीबाट बाजुरा तर्फ गइरहेको बा १६ च ८७८२ नम्बरको स्करपियो गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका २ उल्टा खाम बस्ने अन्दाजी १९ वर्षका राजेश विष्टको मृत्यु भएको हो ।

तीव्रगतिमा गइरहेको स्कारपियोले से १ प ७७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा डोटीको जोरायल गाउँपालिका २ छतिवन बुडरस्थित कुखुरा फार्ममा कार्यरत बिष्टको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुडरका प्रहरी सहायक निरिक्षक हर्कबहादुर चन्दले जानकारी दिए । 

ठक्कर दिने स्कारपियो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै