• २०८१ बैशाख ७ शुक्रबार

कमेडियन कपिल शर्मा डिप्रेशनमा, रिह्याब सेन्टरमा उपचार गराउदै !

kharibot

काठमाडौँ । बलिवुडका चर्चित कमेडियन कपिल शर्मा डिप्रेशनका कारण फेरी रिह्याब सेन्टरमा उपचार गराइरहेको मिडिया रिपोर्ट आएको छ  । 

आफ्नो नयाँ शो बन्द भएपछि कपिल फेरी डिप्रेशनमा गएको बताइएको छ । भारतीय मिडियाका अनुसार कपिलले पछिल्लो समय ल्याएको शो ‘फेमिली शो विथ कपिल’ असफल भएपछि उनी डिप्रेशनमा गएका हुन् ।

यस अघि कमेडी शो बन्द हुदा पनि कपिल डिप्रेशनमा गएका थिए । त्यस्ती बेला पनि उनले रिह्याब सेन्टरमा उपचार गराएर काममा फर्किएका थिए ।

पछिल्लो पटक कपिलले नयाँ शो को केहि भाग प्रसारण पछि पटक पटक सुटिंग रद्ध गरेपछि शो नै बन्द भएको थियो । शो बन्द भएपछि कपिल रक्सीको नशा गर्ने गरेको र पत्रकारलाई सामाजिक संजालमा गाली गलौज गरेर विवादमा आएका थिए ।

बलिवुडमा फिल्म निर्माताको रुपमा डेभ्यु गरेको फिल्म फिरंगी असफल भएपछि निराश बनेका कपिलको टिभीमा पनि शो ले निरन्तरता नपाए पछि समस्यामा पर्दै आएका छन् ।

भारतीय टेलिभिजनमा कमेडी शो बाट चर्चित बनेका कपिलको कमेडी शो सबैभन्दा बढी हेरिने टिभी शो रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै