कमेडियन कपिल शर्मा डिप्रेशनमा, रिह्याब सेन्टरमा उपचार गराउदै !

खरीबोट
ad

काठमाडौँ । बलिवुडका चर्चित कमेडियन कपिल शर्मा डिप्रेशनका कारण फेरी रिह्याब सेन्टरमा उपचार गराइरहेको मिडिया रिपोर्ट आएको छ  । 

आफ्नो नयाँ शो बन्द भएपछि कपिल फेरी डिप्रेशनमा गएको बताइएको छ । भारतीय मिडियाका अनुसार कपिलले पछिल्लो समय ल्याएको शो ‘फेमिली शो विथ कपिल’ असफल भएपछि उनी डिप्रेशनमा गएका हुन् ।

यस अघि कमेडी शो बन्द हुदा पनि कपिल डिप्रेशनमा गएका थिए । त्यस्ती बेला पनि उनले रिह्याब सेन्टरमा उपचार गराएर काममा फर्किएका थिए ।

पछिल्लो पटक कपिलले नयाँ शो को केहि भाग प्रसारण पछि पटक पटक सुटिंग रद्ध गरेपछि शो नै बन्द भएको थियो । शो बन्द भएपछि कपिल रक्सीको नशा गर्ने गरेको र पत्रकारलाई सामाजिक संजालमा गाली गलौज गरेर विवादमा आएका थिए ।

बलिवुडमा फिल्म निर्माताको रुपमा डेभ्यु गरेको फिल्म फिरंगी असफल भएपछि निराश बनेका कपिलको टिभीमा पनि शो ले निरन्तरता नपाए पछि समस्यामा पर्दै आएका छन् ।

भारतीय टेलिभिजनमा कमेडी शो बाट चर्चित बनेका कपिलको कमेडी शो सबैभन्दा बढी हेरिने टिभी शो रहेको थियो । 
 

सम्बन्धित समाचार

कमेडियन कपिल शर्मा डिप्रेशनमा, रिह्याब सेन्टरमा उपचार गराउदै !

काठमाडौँ । बलिवुडका चर्चित कमेडियन कपिल शर्मा डिप्रेशनका कारण फेरी रिह्याब सेन्टरमा उपचार गराइरहेको मिडिया रिपोर्ट आएको छ  ।  आफ्नो नयाँ शो बन्द भएपछि कपिल फेरी डिप्रेशनमा गएको बताइएको छ ।

कपिल शर्मा ‘फ्याम्ली टाइम’ शोबाट टिभीमा कम्ब्याक गर्दै 

मुम्बई । भारतीय टेलिभिजनका सुपरस्टार कपिल शर्माले टेलिभिजनमा कम्ब्याक गर्ने भएका छन् ।  केहि बर्षदेखि टेलिभिजनमा राज गरिरहेका हास्यकलाकार कपिलले सोनी टिभीमा ‘फ्याम्ली टाइम विथ कपिल’ मार्फत कम्ब्याक गर्न लागेका छन्

हास्य अभिनेता कपिल शर्माको फिरंगी बक्स अफिसमा ‘फ्लप’

मुम्बई । बलिवुडका चर्चित हास्य अभिनेता कपिल शर्माले निर्माण तथा अभिनय गरेको फिल्म फिरंगी भारतीय बक्स अफिसमा फ्लप भएको छ ।  गत शुक्रवारबाट प्रदर्शनमा आएको उनको फिल्म ‘फिरंगी’ बक्स अफिसमा असफल

कपिल शर्माको स्वास्थ्यमा सुधार, टिभी शोमा फर्किने तयारी 

मुम्बई । चर्चित भारतीय कमेडियन कपिल शर्माको स्वास्थ्यमा सुधार भएपछि हाल बन्द भएको उनको चर्चित शो फेरी सुरु हुने भएको छ ।  भारतीय मिडिया रिपोर्टका अनुसार स्वास्थ्यमा लगातार समस्या देखिएपछि कपिल शर्माको सहमतिमा

Loading...

Loading...