• २०८१ बैशाख १४ शुक्रबार

अन्डर १९ एसिया कप छनौट खेलका लागि नेपाली टोलीको घोषणा, को को परे टिममा ? 

kharibot

काठमाडौं । मलेसियामा आउँदो सेप्टेम्बर ८ देखि १८ सम्म हुने एसियाली क्रिकेट (पूर्वी क्षेत्र) का लागि नेपाली टोलीको घोषणा भएको छ । 

नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र १९ वर्षमुनिको टोलीका प्रशिक्षक विनोदकुमार दास रहेको छनौट समितिले प्रारम्भिक टोलीमा परेका खेलाडीबाट अन्तिम टोली घोषणा गरेको हो ।

प्रतियोगिताका लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा चार वैकल्पिकसहित १८ सदस्यीय अन्तिम टोली घोषणा भएको हो ।

नेपाली टोली :

दिपेन्द्रसिंह ऐरी (कप्तान), सन्दिप लामिछाने, मोहम्मद असिफ शेख, सन्दिप सुनार, प्रनित थापा मगर, पवन सराफ, अनिलकुमार साह, रोहितकुमार पौडेल, किशोर महतो, शाहब आलम, नन्दन यादव, बिक्रमकुमार भुसाल, सन्दिप जोरा, सुमित महर्जन

वैकल्पिक खेलाडीहरु: कमल सिंह ऐरी, ललित नारायण राजवंशी, प्रकाश केसी, रिजन ढकाल

प्रतियोगिताका लागि प्रारम्भिक टोलीमा परेका खेलाडीको बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिएको हो । नेपाली टोली आउँदो सेप्टेम्बर ८ मा मलेसिया प्रस्थान गर्नेछ ।

आठ देश सहभागी रहने प्रतियोगितामा नेपाल समूह ए मा परेको छ । नेपाल रहेको समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान छन् । यस्तै समूह बी मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार छन् ।

प्रतियोगिताको फाइनलमा पुग्ने दुई टोली १९ वर्षमुनिको एसिसी एसिया कप क्रिकेटका लागि छनौट हुनेछन् ।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै