• २०८१ बैशाख १४ शुक्रबार

ग्रिजम्यानले गरे एथलेटिकोको रेस्क्यु, युरोपा लिगमा आर्सनलविरुद्ध १-१ को बराबरी

kharibot

काठमाडौँ । युरोपा लिग अन्तर्गत सेमिफाइनलको पहिलो लिगमा एथलेटिको म्याड्रिडले आर्सनलसँग बराबरी खेलेको छ । 

गएराती आर्सनलको घरेलुमैदानमा भएको खेलमा एथलेटिकोले एन्टोनी ग्रिजम्यानको गोलको मद्धतले गोल फर्काउदै १-१ को बराबरी नतिजा निकाल्न सफल भएको छ ।

खेलको १०औ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि सिम भर्सलज्कोले मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको एथलेटिको र आर्सनलको खेल पहिलो हाफमा बिना कुनै गोल सकिएको थियो ।

एथलेटिकोका सिम युरोपा लिगको यस सिजनमा खेलको पहिलो १० मिनेटमै दुई पहेलो कार्ड पाउने पहिलो खेलाडी बनेका छन् । उनले खेलको दोस्रो मिनेटमै पहिलो पहेलो कार्ड पाएका थिए भने १०औ मिनेटमा दोस्रो कार्ड पाउदै मैदान छोडेका थिए । दोस्रो पहेलो कार्डको विरोध गरेका एथलेटिको का म्यानेजर डिएगो सिमेओनलाई पनि रेफ्रीले स्ट्याण्डमा पठाईदिएका थिए ।

खेलको ६१औ मिनेटमा आर्सनलका अलेक्जेन्डरे लाकजेटेले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । तर खेलको ८२औ मिनेटमा ग्रिजम्यानले एथलेटिकोको रेस्क्यु गर्दै खेल बराबरी गरेका थिए । यस गोलसँगै एथलेटिकोले महत्वपूर्ण अवे गोलको एडभान्टेज पनि पाएको छ ।

यो गोलसँगै ग्रिजम्यानले यस सिजनको युरोपा लिगमा ६ गोल गरेका छन् भने उनीले ३ गोल असिस्ट गर्दै ९ गोलमा आफ्नो संलग्नता देखाएका छन् ।

दुवै टिमबीच सेमिफाइनलको दोस्रो लिग अर्को साता एथलेटिकोको घरेलु मैदानमा हुने छ ।
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै