• २०८१ बैशाख १३ बिहीबार

विश्वकप क्रिकेट २०१९ को खेल तालिका सार्वजनिक, भारत र पाकिस्तान जुन १६ मा भिड्ने 

kharibot

काठमाडौँ । सन् २०१९ को आइसिसी विश्वकप क्रिकेटको मिति र खेल तालिका घोषणा गरिएको छ ।

मे ३०,२०१९ देखि जुलाई १४ सम्म इङल्याण्ड र वेल्समा हुने विश्वकपमा १० टिमले भाग लिदै छन् ।

भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका, श्रीलंका, न्युजील्याण्ड, पाकिस्तान, बंगलादेश र इङल्याण्ड गत सेप्टेम्बरसम्म आसीसीको वरियतामा शिर्ष ८ मा रहेको आधारमा सिधै विश्वकपका लागि छनौट भएका हुन् भने अफगानिस्तान विश्वकप छनौट क्वालिफायरको च्याम्पियन हुदै विश्वकपका लागि छनौट भएको हो भने वेस्टइण्डिज उपविजेता हुदै विश्वकपमा छनौट भएको हो । 

यो विश्वकप क्रिकेट १९९२ मा खेलिएको विश्वकपको फर्म्याटमा हुने छ । सबै १० टिम एक अर्का विरुद्ध एक एक खेल खेल्ने छन् भने शिर्ष ४ मा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

आसीसीले जारी गरेको विश्वकपको खेल तालिकामा विश्व क्रिकेटका ठुला प्रतिद्वन्दी भारत र पाकिस्तानबीच जुन १६, २०१९ मा खेल हुने भएको छ । खेलको पहिलो खेल आयोजक इङल्याण्डले दक्षिण अफ्रीकासँग खेलेर विश्वकपको सुरुवात हुने छ । यस अघिको विश्वकप विजेता अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा जुन १ मा अफगानिस्तानको सामना गर्ने छ ।

मे ३० देखि जुलाई ६ सम्म लिग खेल हुनेछन् भने सेमिफाइनलका खेल जुलाई ९ र ११ मा हुने छन् ।  विश्वकपको फाइनल खेल जुलाई १४ मा लर्ड्स मैदानमा हुने छ । 

इङल्याण्ड र वेल्समा गरि कुल ११ स्टेडियममा विश्वकपका खेल हुने छन् ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै