• २०८१ बैशाख ८ शनिबार

हिमालयन बैंकमा स्वामित्व बिवाद उत्कर्षमा : श्रेष्ठ समुह हावी हुँदा सुचीकरणमा अझै समस्या, लगानीकर्ताहरु अन्यौलमा

kharibot

काठमाडौं । पाकिस्तानको हविव बैक समेतको साझेदारी रहेको हिमालयन बैंकमा स्वामित्व बिवाद उत्र्कषमा पुगेको छ । बैंकका अध्यक्ष मनोज बहादुर श्रेष्ठले जुनसुकैरुपमा पनि आफु अध्क्षक्ष पदमा नै बस्ने अडान लिएपछि बैंकमा बिवाद बढेको हो ।

बिवाद बढेकै कारण बैंकले गत पुस २८ गते २५औं बार्षिक साधारण सभाबाट पारित भएको २५ प्रतिसत बोनस सेयर पनि नेप्सेमा नियमित कारोवारको लागि सुचीकरण हुन सकेको छैन । हिमालयनले आर्थिक बर्ष २०७३—०७४ मा दुई अर्ब १७ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो । उक्त मुनाफाबाट मध्येबाट बैंकले २५ प्रतिसत बोनस सेयर बितरण गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

साधारण सभाले पारित गरेपनि सञ्चालकहरुको बिवाद नै कारण उक्त बोनस सेयर नियमित कारोवारका लागि नेप्से सुचीकृत हुन नसक्दा बैंकमा १७ हजार भन्दा बढी लगानीकर्ताहरु अन्यौलमा परेकाछन ।

किन भयो बिवाद ?

हिमालयन बैंक सञ्चालनमा रहेका २८ वटा बाँणिज्य बैक मध्ये निकै सवल बैक मानिदै आएको छ । यो बैंकमा पाकिस्तानको हविव बैंकको २० प्रतिसत सेयर  स्वामित्व रहेको छ  ।

नेपाल सरकार अन्र्तगतको कर्मचारी सञ्चयकोषका पनि हिमालयनमा १४ प्रतिसत सेयर स्वामित्व रहेको छ । यसबाहेक बैकका अध्यक्ष मनोज बहादुर श्रेष्ठको स्वामित्वमा रहेको एन ट्रेडिङ कम्पनीको १२ दसमलव ७१ प्रतिसत र श्रेष्ठ कै संलग्नता रहेको छायाँ इन्टरनेशनल कम्पनीको ८ दमसलव ८९ प्रतिसत सेयर स्वामित्व रहेको छ ।

बैकमा हिमालयन शमेर जवरा अर्थात राणा समुहको ११ दसमलव ३८ प्रतिसत र खेतान समुहको म्युचअल ट्रेडिङ समुहको ११ दसमलव ८५ प्रतिसत सेयर स्वामित्व रहेको छ । राष्ट्र बैकको निर्देशन अनुसार कुनै पनि बैंक तथा फाईनान्स कम्पनीहरुमा संस्थापक तथा साधारण सेयरधनी समुहको अनुपात ५१ तथा ४९ प्रतिसत हुनुपर्छ । अहिले हिमालयन बैंकमा संस्थापक सेयरधनी समुहको ८५ प्रतिसत सेयर रहेको छ भने सर्वसाधारण सेयरधनी समुहको १५ प्रतिसत सेयर स्वामित्व रहेको छ ।

राष्ट्र बैकको निर्देशन अनुसार पनि बैंकले बढी अनुपातमा रहेको अर्थात ३६ प्रतिसत संस्थापक सेयर साधारण सेयरमा रुपान्तरण गर्नुपर्छ । यसरी सेयर रुपान्तरण गर्दा ठुलो परिमाणमा रहेको श्रेष्ठ समुहको संस्थापक सेयर पनि साधारण सेयरमा रुपान्तरण गर्नुपर्ने हुन्छ । यसरी सेयर रुपान्तरण गर्दा श्रेष्ठ समुहको पकड बैकमा घट्न जाने देखिन्छ । सेयर स्वामित्व घटे संगै बैंकमा मनोज बहादुर श्रेष्ठको पकड पनि घट्ने हुदा  अध्यक्ष श्रेष्ठ स्वंमले नै बैकमा नयाँ बखेडा सुरु गरेका हुन ।

के छ राष्ट्र बैकको निर्देशनमा ?

हाल अन्यत्र ५१% रहेको संस्थापक संचालक समुहबाट मात्र हुने प्रावधान बैंकमा छ । जुन कानुन विपरीत छ र राष्ट्र बैंकले साधारण शेयर भन्दा बाहेकको सबै ८५% शेयर संस्थापक हुनुपर्ने भन्ने ब्यवस्था रहेको र अध्यक्षको चयन सम्पूर्ण संचालक मध्येबाट हुनुपर्ने गरी नियमावलीमा संसोधन गर्न गरेको निर्देशनलाई अटेर गर्दा यो अवस्था आएको देखिएको छ ।

अहिले हिमालयन बैंकमा स्वामित्व बिवाद देखिनुको मुल कारण पनि श्रेष्ठ समुह र राणा समुहको आपसी झगडा नै हो । अहिले बैंकमा अध्यक्षकोरुपमा मनोज बहादुर श्रेष्ठ रहेकाछन भने प्रमुख कार्यकारी अधिकृतकोरुपमा राणा समुह मध्येबाट अशोक शमसेर राणा रहेकाछन । 

यि दुई समुहको झगडा नै कारण बैंकले गत पुस २८ गते २५ औं बार्षिक साधारण सभाले पारित गरेको २५ औं बार्षिक साधारण सभाबाट पारित भएको बोनस सेयर सुचीकरण हुन नसकेको हो । यसबिचमा बैंक श्रोतले भने यसै हप्ता सेयर सुचीकरण हुने जानकारी दिएको थियो । तर नेप्से श्रोतले भने अहिलेसम्म हिमालयन बैंकको नाउँमा कुनै पनि किसिमको सेयर सुचीकरण नभएको जानकारी दिएको छ । 

नेप्सेमा अहिले हिमालयनको एक सय रुपैयाँ अंकित मुल्य कायम रहेको आठ अर्ब ११ करोड ४२ लाख सात हजार एक सय रुपैयाँ बराबरको आठ करोड ११ लाख ४२ हजार ७१ कित्ता सेयर सुचीकृत रहेको छ भने बैंकको बजार पुंजीकरण ५१ अर्ब ५२ करोड ५२ लाख १५ हजार ८५ रुपैयाँ पुगेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै