• २०८१ बैशाख ११ मंगलबार

बालमनोविज्ञानमा आधारित नाटक “हिउँको धुन ” मञ्चन

kharibot

काठमाडौँ । ख्वापा नाट्य समुहको प्रस्तुतिमा नाटक “हिउँको धुन ” मञ्चन भएको छ । बत्तिस पुतलीमा रहेको शिल्पी थिएटरमा उक्त नाटक मञ्चन भएको हो ।

नाटकमा ओलिभर धनाध्य परिवारको एक्लो छोरो हुन्छ ।  उ राम्रो र प्रतिष्ठित वकिल भएकाले सबैको प्रिय  रहेको हुन्छ । सेरोइन र ओलिभर नजिकका साथी हुन्छन् जो एक अर्काको कुरा गर्न हिचकिचाउदैनन् । सेइरोन बालमन्दिरमा काम गर्छिन् भने त्यहि नताली नाम गरेकी बालिका  पनि  बस्छे । बाउ आमा नभएकी टुहुरी नतालीलाई सेइरोनले आमा जस्तै  गरेर राखेकी हुन्छे भने नतालीले भने सेइरोनलाई जुत्ता सिलाउने  दिदी भन्दिन्छे । नतालीलाई  मुटुको समस्या भएकोले ब्लड फेरिरहनु पर्ने हुन्छ ।

तर अकस्मात ब्लड बैकमा उसलाई मिल्ने ब्लड नपाए पछि सेइरोनले आलिभरलाई अदालत बाहिर कुरेर बस्छे । ओलिभर बाहिर आए पछि नतालीलाई ब्लड नभेटेको कुरा गर्छे । नतालीको आफ्नो बाबा नभएकाले गर्दा ओभिरलाई बाबा भनेर अगाँलो मारिदिन्छे । ओलीभरलाई नतालीले बाबा भन्छु है नम्र स्वरमा भन्दा दर्शकहरु भावुक बनेका थिए । ओलिभरले अतालीलाई छोरी भन्छु भने पछि नताली खुशी देखिन्छे । 

सेइरन बाटोमा हिडिरहेका बेला ओलिभरकी मृत्यु भईसकेकी जेन जस्तै अनुहार गरेकी केटीलाई बाटोमा देख्छे र घिस्याँउदै घरमा ल्याउछे । जेन त मरेकी होइन ,ओलिभर तँलाई गाँडेको ठाँउमा गएको छ । यो भन्दा रेइचल अक्कनबक्क हुन्थे ।  म जेन होईन म रेइचल हो  भनेर पटक पटक भन्दा नी पत्यादिन । ओलिभर र जेनको प्रेम कथा सुनाए पछि रेइचल र ओलिभरको विस्तारै प्रेम पर्न थाल्छ । उता  नतालीलाई मुटुको डोनर नपाए पछि ओलिभरले मुटु दिन तयार भएको थाहा पाए पछि रेइचल धेरै रुन्छे । मुटु नतालीलाई दिदैछ भन्ने कुरा ओभिरका बुवालाई समेत थाहा दिएको हुदैन ।

अन्तत कथाले फरक मोड लिन्छ, ओलिभरले नतालीलाई मुटु दिने दिन बाबालाई इमेर्जेन्सी छ, हस्पिटल आउनु है  बाबा भनेर बोलाउँछ । यसो भनिरहदा दर्शकका आँखा रसाएका देखिन्थे । आफ्नो निर्णय तैले आफै गरिस मलाई एक बचन सोध्नु  पर्दैन छोरा भनेर आलिभरलाई बाबाले सोध्दा ,आलिभरको जवाफ मैले छोरी नतालीलाई बचाउनु छ बाबा, मैले जेनलाई घुमाइसके अव नतालीलाई गुमाउन चाहान्न तर्क दिन्छन् । तिमी  पनि त मेरो छोरो हौ , त्यसैले मेरो छोरो गुमाउन चाहान्न भन्दा नाटक हलमा निकै हुटिङ बर्सियो । 

यस नाटकले आफ्नोपन र अनाथ बालबालिकाको मनोविज्ञान कस्तो हुन्छ भन्ने प्रस्ट पारेको छ । निकै कारुणिक तथा बालमनोविज्ञानमा आधारित नाटकमा नतालीको भुमिकामा प्रस्तुत भएकी एन्जेलिना न्यौपानेको अभिनय निकै तारिफ योग्या थियो ।नाटकलाई प्रदिप खड्गी ( पासा) ले निर्देशन गरेका हुन् । हेमन तण्डुकार,दिपिका थापा ,प्रदिप नेपाल, सवनम चौधरी,अर्जुन बोहोरा,सुरज सुवेदी (भाइजन), विनोद पौडेल,आयन बिष्ट,अनिषा कोइराला ,सुसान्त तामाङ, विजय साप्कोटा ,अंकीत सुनार,शुरेन्द्र कटुवालको अभिनय रहेको छ । नाटकलाई संगीत तथा स्वर राजन थापाले दिएका छन् ।  नाटकलाई प्रविण खड्गीले लेखेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै