• २०८१ बैशाख १४ शुक्रबार

जीमेलमा व्यापक परिवर्तन, यस्ता छन् नयाँ फिचर्स 

kharibot

काठमाडौँ । गुगलले संसारभरी बढी प्रयोग हुने जीमेलको लागि नयाँ फिचर्स ल्याएको छ । नयाँ फिचर्समा अफलाइन सपोर्ट, सटकोट, पुस नोटिफिकेसन, एट्याचमेन्ट अप्सन, रिमाइनडर, स्नुज लगायतका फिचर्स थपेर जिमेललाई झन सजिलो र आकर्षक बनाएको छ ।

संसारभरमा इमेल पुर्याउनको लागि मान्छे सबै भन्दा बढि प्रयोग जीमेलको गर्दछन् । लामो समय पछि गुगलले आफ्नो प्रयोगकर्ताको लागि जीमेल सर्भिसलाई पुरैकिसिमले बदलिदिएको छ । 

नयाँ फिचर्सको साथ जीमेल अव धेरै सुरक्षित, विश्वश्नीय र प्रयोगकर्ताका लागि उत्कृष्ट अनुभव गराउने देखिएको छ । नयाँ अपडेटको लागि रोल आउट शुरु भएको छ ।  आउदो केहि हप्तामा नै यसको सबै प्रयोगकर्ताको लागि जारी गर्दैछ । रेगुलर्स इमेल प्रयोगकर्ताको लागि यो नयाँ फिचर्सको सेटिङमा गएर ‘ट्राइ न्यु जीमेल’ मा क्लिक गरे अहिले नै नयाँ जीमेल प्रयोग गर्न सकिन्छ । 

इमेल सट्कोट 

जीमेल इन्बक्समा जव कुनै कनेक्शन कर्शर लाग्यो भने तपाईको अर्काइभ ,डिलिट, मार्क एण्ड रिड र स्नुज जस्ता अप्सन मिल्छ । यसमा स्नुज जयाँ फङ्सन हो । र यसको प्रयोग तपाई कुर्नै इमेल पछि पुर्याउनको लागि प्रयोग गर्न सक्नुहुन्छ । यदी दाँया तर्फ तपाईको किप,टास्क्सर गुगल क्यालेण्डर जस्ता एप्स पनि देख्न सकिन्छ । 

हाई प्रायोरिटी पुस नोटिफिकेशन 

एक नयाँ फिचर हाई प्रायोरिटि, नोटिफिकेशनको लागि फिल्टर सेट हुने व्यवस्था गरेको छ ।  यस फिचर नुसार तपा को जुन इमेल आवश्यक छ र जरुरी छ त्यसको मात्र सूचना तपाईले पाउनुहुने छ । गुगलका अनुसार यो फिचरको मार्फत पुश नोटिफिकेशनको सख्या ९७ प्रतिशतले घट्ने छ । 

बिना मेल खोलि एटेचमेन्टहेर्न मिल्ने 

अव इन्बक्समा सजिलै कुन मेलमा एटेचमेन्ट छ त्यो पट्ट लाग्ने भएको छ । म्यासेजको मुनि एक आइकन हुन्छ जसमा क्लीक नगरी इमेल खोले पनि एटेचमेन्ट देख्न सकिन्छ । 
अफलाइन सपोर्ट : इन्टरनेट नहुदा पनि मेल प्राप्त गर्न सकिन्छ

अव जीमेलका एक अफलाइन भर्सेज पनि उपलब्ध हन्छ । जसअनुसार प्रयोगकर्ताले इन्टरनेट नहुदा पनि आफ्नो काम गर्न सक्दछ । अर्थात् म्यासेजलाई सिंक गरिएको हुन्छ जुन इन्टरनेट प्राप्त हुने बित्तिकै डाउनलोड हुन्छ ।   

स्मार्ट रिप्लाई फिचर्स

जीमेलको वेभ यानी डेक्सटपमा स्मार्ट रिप्लाई फिचर्स उपलब्ध हुने हच ।  मोबाइल भर्सनमा यो फिचर्स पहिले देखि नै उपलब्ध छ ।  कुनै इमेलको लागि जीमेल फटाफट जवाफ्को तरिकाबाट तीन सन्देश दिन्छ । यस जवाफलाई  इडिट गर्न सकिन्छ या फेरी प्रयोगकर्ता आफ्नो सुविधा अनुसार यसलाई तुरुन्त जवाफ़ फर्काउन सक्दछन् । 
नजिंग फिचर  जरुरी इमेल पढ्नको लागि रिमाइन्डर

नजिगं फिचर दुई दिन भन्दा धेरै पुरानो इमेल्स इन्बक्सको टपमा देखाउछ  । गुगल इम्पोटेन्ट इमेल्स पत्ता लगाउनको लागि मसिन लर्निनको प्रयोग गरिरहेको छ । यदी कुनै इमेलमा केहि प्रश्न सोधेको छ र तपाईले कुनै जवाफ दिनु भएको छैन भने इमेलमा फ्ल्याग चिन्नले मार्क गरिदिन्छ ।  

इमेलको लागि २ फ्याक्टर अर्थिटिकेशन

कन्फिडेशन मोडमा जीमेल टु फेक्टर अथेंटिकेशन प्रोटेक्सन पनि अफर गरिरहेको छ । कन्फिडेशन मोडमा आएको इमेल पढ्नको लागि प्रयोगकर्ताले एक एसएमएसमा आएको पासकोर्ड प्रयोग गर्नु पर्दछ ।  

स्नुज फिचर्स : जरुरी मेलको सेडुल्स गर्ने 

धेरै जसो अक्सर जरुरी इमेलको जवाफ फर्काउन भुल्नेकालागि यो फिचर्स धेरै उपयोगि हुनेछ । नयाँ स्नोज फिचर्सबाट प्रयोगकर्ता कुनै म्यासेजको शेडुल बनाइ पिन गर्न सक्ने व्यवस्था गर्न सकिन्छ । अनि आफुले तोकेको सेड्युल अनुसार इमेलको जवाफ फर्काउन सकिन्छ ।

कन्फिडेन्सल मोड इमेलका लागि एक्सपाइरी डेट सेट गर्न

नामले नै जनाउछ अव यस युजर्सलाई कुनै प्रयोगकर्ता सम्म पुग्नको लागि एक्सपारिटि डेट सेट गर्न सकिन्छ । ताकी म्यासेज एक निश्चित समय पछि आफै डिलिट हुन्छ । कंफिडेन्टल मोडमा इमेलको कन्टेन्टलाई इमेलकै तरिकाले पुर्याउदैन, बरु युजरलाई एक लिंक आउछ जसलाई खोल्नाले जीमेलमा एक रेगुलर इमेलको जसरी डिस्प्लेमा कन्टेन्ट देखाउदछ । 

नयाँ इन्टरफेस : बृहत र स्पष्ट लुक

जीमेलका नयाँ इन्टरफेस अव ज्यादा आर्कषक र स्पष्ट देखिन्छ ।  यधपि अहिले यो फिचर्स जीमेलको वेभ भर्जनको लागि मात्रै हो । 

नयाँ साइड प्यानल : 

अव स्क्रीनको दायातर्फ एक नयाँ साइड प्यानल उपलब्ध हुन्छ । यसमा गुगलका सबै भन्दा धेरै प्रयोग हुने एप्स हो । यसमा क्यालेण्डर, टास्क समेत केही दोस्रो एप देखिने छन् । गुगलका अनुसार यो फिचर्स आए पछि जीमेल प्रयोगकर्ताले अर्को एप्सको प्रयोगको लागि जीमेलबाट बाहिर जानु पर्दैन । 

मोबाइल र फिचर्स 

यो फिचर्स विजनेश प्रयोगकर्ताले धेरै काम गरेका छन् । यस फिचर्सको प्रयोगबाट प्रयोगकर्ताले कुनै पनि म्यासेजको पासवर्ड, कपी, डाउनलोड या प्रिंटिंग गर्न नदिने विकल्पको साथ पुर्याउन सक्दछ । 
  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै