• २०८१ बैशाख १२ बुधबार

स्ट्यान्डर्ड चार्टड बैंकको नौ महिनाको नाफा एक अर्ब ५० करोड

kharibot

काठमाडौं । स्ट्यान्डर्ड चार्टड बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ५० करोड ९६ लाख ३८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । 

गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा उक अर्ब छ करोड ४२ लाख ८३ हजार रुपैयाँ रहेको थियो । 

चुक्ता पुंजी आठ अर्ब एक करोड १४ लाख ३१ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा ६१ अर्ब एक करोड ५० लाख ४५ हजार रुपैयाँ निक्षेप संकलन गरी ४६ अर्ब ४० करोड ६९ लाख नौ हजार रुपैयाँ कर्जा  प्रवाह गरेको छ । 

घरजग्गा क्षेत्रमा दुई अर्ब ६३ करोड ७१ लाख ३१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको बैकले सो अवधिमा दुई अर्ब ३६ करोड ६८ लाख २० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । 

प्रोभिजन रकम १३ करोड ८८ लाख ९० हजार रुपैयाँ रहेको बैंकको राईट व्याक रकम चार करोड ५८ लाख छ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दसमलव २१ प्रतिसत रहेको छ ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै