• २०८१ बैशाख १२ बुधबार

३३ किलो सुन प्रकरणका बेपत्ता डिएसपी सञ्जय राउत समितिको सम्पर्कमा

kharibot

काठमाडौँ । बयान चल्दै गर्दै सिंहदरबारस्थित गृह मन्त्रालयबाट समितिलाई थाहै नदिई हिँडेका डिएसपी सञ्जय राउत समितिको सम्पर्कमा आएका छन् । 

राउतसँग ३३ केजी सुन तस्करीको विषयमा अनुसन्धान गर्न बनेको विशेष समितिले अनुसन्धानका निम्ती उनी कार्यरत इटहरीबाट काठमाडौं झिकाइएको थियो । ११ गते उनी बयान चल्दै गर्दा समिति सदस्यलाई झुक्याएर भागेका थिए ।

बुधबार मात्रै समितिको निर्देशनमा राउतलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले सबै प्रदेश कार्यलय र ७७ वटै जिल्लामा सर्कुलर गरिएको थियो ।

स्रोतका अनुसार बुधबार राति नै डिएसपी राउत समितिको सम्पर्कमा आएका थिए । अहिले उनी बयानका निम्ती भन्दै गृह मन्त्रालय पुगेको बताइएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै