• २०८१ बैशाख १२ बुधबार

‘निर्माताले मलाई सिधै सेक्सको प्रस्ताव राखे’

kharibot

मुम्बई । बलिवुडमा अहिले कलाकारलाई हुने यौन शोषणका विषयमा नयाँ बहस सुरु भएको छ । 

कोरियोग्राफर सरोज खानले बलिवुडमा ‘काष्टिङ कोच’ अर्थात फिल्ममा अभिनयका लागि यौन शोषणको विषयमा विवादित बयान दिएपछि दुई अभिनेत्री सरोज खानको विरोध गर्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन् ।

भारतीय मिडिया रिपोर्टका अनुसार अभिनेत्री राधिका आप्टे र उषा जाधवले बलिवुडमा आफ्नो यौन शोषणको अनुभव सुनाएका छन् ।

ट्राफिक सिग्नल्स, धाग, वीरप्पन जस्ता फिल्ममा अभिनय गरेर नेशनल अवार्ड समेत जितेकी अभिनेत्री उषा जाधवले फिल्म निर्माताले फिल्ममा रोलका लागि आफुलाई सिधै सेक्सको प्रस्ताव गरेको बताएकी छन् । उनले भनिन्- निर्माताले पहिला आफुलाई फेवर गर्नुपर्ने सर्त राखे, त्यको जवाफमा आफूसँग पैसा नभएको बताए पछि उनले मैले पैसाको होइन सेक्सको कुरा गरेको हो भनेर खुला नै भने ।’

त्यस्तै अभिनेत्री राधिका आप्टेले बलिवुडमा कुनै व्यक्तिलाई भगवान जस्तो गरि मानिन्छ र उनीहरुको विरोधमा बोले क्यारियर बर्बाद हुने डर धेरैलाई रहेको छ ।

कोरियोग्राफर सरोज खानले काष्टिङ कोच भन्ने चिज बलिवुडमा नभएको अभिव्यक्ति दिएपछि अभिनेत्रीहरुले विस्तारै त्यसको विरोध गरिरहेका छन् । हालै दक्षिण भारतकी अभिनेत्री श्री रेड्डीले एक निर्मातालाई काष्टिङ कोचको आरोप लागे पछि अहिले हंगामा भैरहेको छ ।  
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै